
आइतवार , श्रावण १, २०७९
बुटवल, १ साउन ।
लुम्बिनी डान्स आइकन–२०७९’ पहिलो अडिसन बुटवलमा सम्पन्न भएको छ । बुटवलस्थित नविन औद्योगिक कदर बहादुर रिता माविमा सम्पन्न पहिलो अडिसनमा उत्साहजनक सहभागिता देखिएको हो । बुटवलको अडिसनमा एक हजार भन्दा बढी विद्यार्थीहरुले अडिसन दिएको र यो अहिलेसम्मकै सर्वाधिक सहभागिता रहेको नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाहले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेले नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशले आयोजना गरेको डान्स आइकनको भव्य र सभ्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा ‘लुम्बिनी डान्स आइकन–२०७९’ सुरु भएको हो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अडिसन हुने कार्यक्रम संयोजक सुन्दर गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij