images

आइतवार, बैशाख २३ गते २०८१

मल बिना रोपाइ गरेका किसानलाई मौसमले पनि साथ दिएन

मल बिना रोपाइ गरेका किसानलाई मौसमले पनि साथ दिएन

images
images
images
मंगलवार, श्रावण ३ २०७९
मंगलवार, श्रावण ३ २०७९
  • मल बिना रोपाइ गरेका किसानलाई मौसमले पनि साथ दिएन

    भैरहवा, ३ साउन ।
    खडेरीले खेतका गह्रामा धाँजा फाटेपछि रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरका किसान देव धवलको आँखा आकाशतिरै हुन्छ । बादलको छिर्काछिर्की देख्नासाथ पानी पर्छ कि भन्ने आसमा उनले दिन बिताउँदै आएका छन् । झण्डै तीन साता हुन लाग्यो वर्षा नभएको । कतिपयले वर्षा नभएका कारण रोपाईं गर्न पाएका छैनन्, बीऊ बुढिदै र सुक्दै गएको छ  । जेनतेन रोपेका खेत पानी नपाएर सुक्दै गएका छन् । पट्पटी फुटेर बिजोग छ । सिंचाईं गर्ने ह्याण्डपम्पमा पानी सुक्दै गएको छ ।
    पानी परेर बाटोघाटो समेत हिलाम्य हुने सिजन हो यो । धवल सम्झन्छन्, ‘यस वर्ष खै किन हो पानी नै परेन । उनले वर्षेनी अढाई विघा खेतमा धान रोप्छन् । रासायनिक मलको अभावले त सताएको थियो, मुख्य समयमै पानी नपर्दा अझ निराश बनाएको छ, ’धवलले भने ।

    images
    images
    images

    सरकारले मल नदिएर चिन्तित बनेका किसानलाई प्रकृतिले पनि ठगेको छ । धानखेतीका लागि आवश्यक मल उपलब्ध नभएको अवस्थामा पानी नपर्दा किसान अझ चिन्तित भएको उनको भनाइ छ । उनले भने, ‘अझै एक हप्तासम्म पानी नपरे रोपेको धान सुकेर कामै नलाग्ने हुन्छ किसान अझ मर्कामा पर्नेछन् ।’

    धवलले सिंचाईको अभावमा आकाशे पानीको भरमा रोपाई गर्न बाध्य किसानको समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान दिन नसकेको बताए । आर्थिक संकटका कारण सिंचाइको व्यवस्था मिलाउन समेत कठिन रहेको धवलको भनाइ छ । केही स्थानमा भूमिगत सिँचाइमार्फत खेतमा पानी लगाएको भए पनि अधिकांश स्थानका किसान आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता भएको उनले बताए । आकाशे पानी नपर्दासम्म धान उत्पादन हुन नसक्ने उनको भनाइ छ । पानी पर्छ भन्ने आश अझै पनि रहेको धवलले बताए ।

    रुपन्देहीको गैडहवा गाउँपालिका–७ का सन्दिप गुप्ताले पानी नपरेर किसान निकै मर्कामा परेको बताए । उनले भने, ‘अहिले कतिपय स्थानमा अहिले खेत बाँझै छन्, पानीको अभावमा खेतमा धाँजा फाटेका छन्  ।’ यसवर्ष धान उत्पादन घट्ने निश्चित रहेको उनले बताए । उनले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको सरकारले किसानको समस्या समाधानतर्फ कुनै चासो नलिएको बताए । रोपाईको समयमा मल बिनै रोपाई गर्न बाध्य किसान समयमै पानी नपर्दा थप समस्या परेको उनको भनाइ छ । गुप्ताले भने, ‘पानी नपर्दा सिचाईको समस्याका हुनुका साथै पानीका मुहान सुक्न थालेका छन्, यसका कारण पानीको अभाव समेत हुने चिन्ता बढ्दै गएको छ, पोखरीमा पानी सुक्दा माछापालन समेत प्रभावित भएको छ । ’ तरकारीखेती समेत प्रभावित भएको उनको भनाइ छ ।

    रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले सरकारले किसानलाई राहत उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘तत्काल रुपन्देहीलाई सुक्खा क्षेत्र घोषणा गरी सिचाईको निःशुल्क व्यवस्था गर्नुपर्छ ।’
    रूपन्देहीमा कुल ६४ हजार ८ सय १९ हेक्टर जमिनमा धान खेती हुन्छ । यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाई भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घट्ने प्रारम्भिक अनुमान रहेको बताए । उनले सिचाईको अभावमा धानखेतीमा क्षति पुगेको बताए । उनले भने, ‘अहिले पानी नपर्दा रोपिएको धान सुक्न थालेको छ । ’

    गर्मी बढेपछि सास्ती

    साउन महिना सुरु भइसक्दा पनि पानी नपर्दा भैरहवासहित तराईमा गर्मी बढेको छ । जसका कारण सडकमा हिड्नेदेखि दिउँसो काम गर्ने मजदूर बढी मारमा परेका छन् । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय अजय त्रिपाठीले साउन सुरु हुँदा पनि पानी नपरेकाले किसानका साथै अन्य पेशा व्यवसाय गर्ने नागरिक पनि मारमा परेको बताए । उनले भने, ‘गर्मी बढेका कारण बाहिर निस्कनै ग्राहो छ, पानी परे गर्मी कम भइ केही राहत महसुुस हुन्थ्यो ।’

    गर्मी बढेपछि रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले विद्यालयहरुमा एक हप्ता बिदा दिएको छ । नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, ‘वर्षायामको समय भएको तर पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकूल असर पर्न सक्ने हुँदा वर्षे बिदाबाट कट्टी गर्ने गरी २०७९/४/३ देखि २०७९/४/९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय बिदा गर्नुहुन अनुरोध छ ।’
     
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij