२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

काठमाण्डु गोखार्जको तेस्रो जित

शुक्रवार , मंसिर १२, २०८२

  • 106
    Shares
  • 106
    Shares
  • काठमाडौं, १२ मंसिर । उत्कृष्ट बलिङ गर्दै काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो तेस्रो जितसँगै प्लेअफ होडमा जारी राखेको छ ।

    कीर्तिपुरमा भएको आफ्नो आफ्नो खेलमा उत्कृष्ट बलिङमा काठमान्डुले शुक्रवार चितवन राइनोजलाई रनले हराउँदै जारी एनपिएलमा तेस्रो जित निकाल्यो । सामान्य लक्ष्य दिएपनि उत्कृष्ट बलिङ गरेपछि काठमाण्डुले जित आत्सात ग¥यो ।

    प्लेअफ होडमा दाबेदारी राख्न काठमाण्डुलाई जित आवश्यक थियो । खराब ब्याटिङ गरे पनि बलिङमा साथ पाउँदा काठमान्डुले पाचौं खेलमा तेस्रो जित निकाल्यो । चितवनको भने चौथो खेलमा दोस्रो हार हो ।

    त्रिवि क्रिकेट स्टेडियममा काठमाण्डुले एक सय ४३ रनको लक्ष्य दिएको थियो । तर खराब ब्याटिङ गरेको चिवतन १७.१ ओभरमा ८९ रनमै अलआउट भयो । जुन सिजनकै सबैभन्दा कम योगफल पनि हो । खाता नखोल्दै विकेट गुमाएको चितवनले इनिङभर दबाबमा रहेर ब्याटिङ ग¥यो । 

    काठमान्डुको कप्तान करण केसीले ओपनर दीपक बोहारालाई शुन्यमा पभेलियन फर्काउँदै ठूलो झड्का दिए । अर्का ओपनर डविड मलान पनि ७ रनमै आउट भए । एक छेउबाट देव खनालले इनिङ समाल्ने प्रयास गरे । तर, अर्को छेउबाट लगातार विकेट पतन भयो ।

    सइब जैब १ रनमै आउट भए । पावरप्लेमा चितवनले २८ रन जोड्दा तीन विकेट गुमायो । सातौं ओभरमा १८ बलमा २१ रन जोड्दै आउट भए । कप्तान कुशल मल्ल ६ रन र अर्जनु साउद २ रनमै पभेलियन फर्किए ।

    १०.३ ओभरमा ४६ रन जोड्दा ६ विकेट पतनपछि चितवन नाजुक अवस्थामा पुग्यो । यसअघि तीन खेलमा अर्धशतक प्रहार गरेका रवि बोपारामाथि चितवनका समर्थकले आशा राखे । तर उनले पनि ठूलो इनिङ खेल्न सकेनन् ।

    बोपारा २३ बलमा २१ रन जोड्दै आउट भए । उनी र सोहेल तनभिरबीच २१ रनको साझेदारी बन्यो । यो नै चितवनका लागि ठूलो साझेदारी रह्यो । सोहेल १८ रनमा आउट भए ।

    अन्य ब्याटरले दोहोरो अंक रन जोड्न असफल भए र चितवन सबैभन्दा कम योगफलमा समेटियो । यसअघि कर्णाली ९४ रनमा अलआउट भएको थियो । काठमान्डुको बलिङमा रसिद खानले तीन तथा करण, मिलिन्द र साहब आलमले दुई विकेट लिए । सन्तोष यादवको नाममा एक विकेट रह्यो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.४ ओभरमा एक सय ४२ रनमै अलआउट भयो । काठमाण्डुको खराब शुरुवात रह्यो । मध्यक्रमका ब्याटर मिलिन्द कुमार र जोन सिम्पसनले ९८ रनको साझेदारी गर्दै इनिङ जोगाए ।

    यससँगै काठमाण्डु राम्रो योगफलतर्पm अग्रसर देखिन्थ्यो । तर १६ औं र १७औं ओभरमा क्रमश ः मिलिन्द ३८ र सिम्पसन ६० रनमा आउट भए । त्यसपछि फेरि साझेदारी बन्न सकेन । १६.१ ओभरमा काठमान्डु १२२/५ को अवस्थामा थियो ।

    थप २० रन जोड्दा पाँच विकेट नै गुमाउँदा मध्यम योगफलमा समेटियो । १८ औं ओभरमा तीन विकेट गुमाएपछि काठमाण्डु दबाब प¥यो । सोहेल तनभिरले जेरार्ड इरासमस र सन्तोष यादव शून्यमा तथा मोहम्मद आदिललाई ८ रनमा आउट गरे ।

    कप्तान करण १ र दीपेश कँडेल ६ रनमै पभेलियन फर्किए र काठमान्डु सामान्य योगफलमै समेटियो । त्यसअघि सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । ४३ बल खेलेका मिलिन्दको इनिङमा पाँच चौका रह्यो ।

    पावरप्लेमा काठमाण्डुले ३९ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । ओपनरद्वय चाल्र्सवर्थ १३ र आकाश त्रिपाठी ४ रनमा नै आउट भए । त्यसपछि रसिद खान ६ रनमै पभेलियन फर्किए । चितवनको बलिङमा तनभिरले चार तथा रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट लिए । रबि बोपाराको नाममा एक विकेट रह्यो ।