images

शुक्रवार, बैशाख ७ गते २०८१

रोटरी बुटवलको बैठकमा लुम्बिनीको विकासबारे चर्चा

रोटरी बुटवलको बैठकमा लुम्बिनीको विकासबारे चर्चा

images
images
images
शनिवार, श्रावण ७ २०७९
शनिवार, श्रावण ७ २०७९
  • रोटरी  बुटवलको बैठकमा लुम्बिनीको विकासबारे चर्चा

    बुटवल, ७ साउन ।
    रोटरी क्लब अफ बुटवलको १४ सय २४ औं नियमित एवं वर्ष २०२२/२३ को चौथो बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई सहभागी थिए ।

    images
    images
    images

    त्यसअवसरमा उनले लुम्बिनीको इतिहास, लुम्बिनी विकास कोषले गरिरहेका गतिविधि, केन्जो टांगेले तयार पारेको लुम्बिनी विकास गुरुयोजनाको पछिल्लो अवस्था र समग्र लुम्बिनीको पर्यटकीय विकासबारे आफ्ना धारणा राखेका थिए ।

    कोषाध्यक्ष भट्टराई अबको दुईदेखि तीन वर्ष भित्रमा लुम्बिनी गुरुयोजनाका बाँकी काम सकिने र यसका लागि अझै करिब पाँच अर्ब बजेट लाग्ने जानकारी गराए । बौद्ध अनुयायीहरुलाई लुम्बिनीमा अझै आकर्षण गर्न नसकिएको भन्दै उनले लुम्बिनीसँग जोडिएका स्थलहरुको एकीकृत विकासका लागि कोषले काम गरिरहेको जानकारी दिए ।

    तिलौराकोटको गुरुयोजना अव पूरा हुने क्रममा रहेको र रामग्रामको गुरुयोजना अब तयार गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै कोषाध्यक्ष भट्टराईले तिलौराकोटलाई विश्व सम्पदास्थलमा सूचीकृत गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि बताए । गत बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएसँगै भारतीय पर्यटकहरु निरन्तर बढ्न थालेको भन्दै उनले यो सकारात्मक पक्ष भएको बताए ।

    विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको बसाई लम्ब्याउने खालका गतिविधि गर्न सबैको सामूहिक पहल र प्रयत्न आवश्यक रहेको भन्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै अव पर्यटक बढ्ने आशा पलाएको बताए ।
    त्यस अवसरमा रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्षहरु हरिप्रसाद पौडेल, आमोद सिमाङ्गैडा, विन्ध्याकेशर जोशी, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, ताराप्रसाद भट्टराई, शिवकुमार ज्ञवाली, गोपालप्रसाद अधिकारी लगायतले लुम्बिनीको सन्दर्भमा केन्द्रित रहेर विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।

    बैठकमा क्लबका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु माधवप्रसाद पौडेल, शारदा ज्ञवाली लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij