
शुक्रवार , मंसिर १२, २०७७
भैरहवा, १२ मंसिर ।
रातको सुन्दरतामा सुरम्य लुम्बिनी नामक वृत्तचित्र सार्वजनिक गरिएको छ । भैरहवामा एक कार्यक्रमकाबीच अग्रज पत्रकार चेतन पन्तद्वारा तयार पारिएको वृत्तचित्र नेपाली भाषाको करिब ७ मिनेट ४० सेकेण्ड र अंग्रेजी भाषाको ५ मिनेट ४८ सेकेण्डको वृत्तचित्रलाई पन्तको युट्यूब च्यानल चेतन पन्तमार्फत सार्वजनिक गरिएको हो ।
केही समय अघिसम्म रातमा चकमन्न अध्यारो देखिने लुम्बिनी हाल लुम्बिनी विकास कोषले प्रकाशको व्यवस्था गरेपछि लुम्बिनी बत्तीको प्रकाशमा सुनमा सुगन्ध भए जस्तो देखिएको कुरालाई समेटेर पन्तले अंग्रेजी
र नेपाली भाषामा वृत्तचित्र बनाएका हुन ।
उक्त वृतचित्र सामाजिक संजालबाट लुम्बिनी विकास कोषका सूचना विज्ञ तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश केसीले पन्तको युट्यूब च्यानलमार्फत सार्वजनिक गरे ।
सो अवसरमा बोल्दै के.सी.ले पत्रकार पन्तले लुम्बिनी हिराको खानी हो भनेर बारम्बार बताउने गरेको बताउँदै उनको वृत्तचित्रले पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
लुम्बिनी प्रेस क्लवका संस्थापक अध्यक्ष माधव ढुंगानाले लुम्बिनीको विकासमा डकुमेन्ट्री बनाएर पन्तले राम्रो भूमिका खेल्नु भएको बताए ।
पत्रकार महासंघ रुपन्देहीका सह–सचिव तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार कमल रायमाझीले अग्रज पत्रकार चेतन पन्तको वृत्तचित्रले लुम्बिनीको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
२५ सय वर्ष भन्दा अघि बुद्ध जन्मदा बत्तीको आविष्कार भएको थिएन तर वर्तमान युगमा बिजुलीको सुरुवातपछि सम्पदाहरुलाई प्रकाशमय बनाइदिदा झनै सुन्दर देखिएको चेतन पन्तले बताए । ‘लुम्बिनीको माटोमा सुगन्ध छ । बुद्ध जन्मिएको मिठो गन्ध छ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रेस क्लबका सल्लाहकार समेत रहेका पन्तले भने, हामी सबै संचारकर्मीको दायित्व यो सम्पदा र बैभवको प्रचारप्रसार गर्नु हो ।
वर्तमान समयमा कोरोना भाइरसले थलिएको पर्यटन बजारलाई सघाउन सामाजिक सञ्जालकोे भूमिका प्रभावकारी हुने भएकाले लुम्बिनीको पर्यटन बजार र विकासलाई सामाजिक सञ्जालमार्फत सघाउन यो बृत्तचित्र अभियान सुरु गरेको पन्तले बताए ।
पत्रकार शशि पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पन्तले हालसम्म करीब डेढ दर्जन नेपाली र अंग्रेजी भाषामा लुम्बिनीको डकुमेन्ट्री तयार गरिसकेका छन् । उनले धेरै देशमा लुम्बिनीको फोटो प्रदर्शनी गरेका छन । उनको युट्यूब च्यानलको कÞरीब १० लाख दर्शकले हेरिसकेका छन भने ११ हजार बढी दर्शक छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij