२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री पोखरेलको निर्देशन

शुक्रवार , मंसिर १२, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल, १२ मंसिर । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उनले पूँजीगत खर्च बढाउनैपर्ने बाध्यताले गुणस्तरलाई ख्याल नगर्ने प्रवृति आउन सक्ने भएकाले सजग भई अघि बढ्न ध्यानाकर्षण गराए । 

    नतिजामुखी र प्रतिफलमुखी आयोजनामा रकमान्तर गरेर भए पनि बजेटको कमि हुन नदिन अहिलेदेखि नै काम थाल्न उनले निर्देशन दिए । उनले प्रदेशको अर्थतन्त्रमाथि उकास्ने र रोजगारी सिर्जना गर्ने खालका विकास आयोजनामा ध्यान दिन आग्रह गरे ।

    उनले बजेट खर्च गर्दा पूँजीगत खर्च अधिकतम गर्न र साधारण खर्चमा मितव्ययी बन्नुपर्ने बताउँदै साधारण खर्च बढाएर लक्ष्यमा पुग्ने प्रवृति रोक्न निर्देशन दिए । साधारण खर्चमा मितव्ययी बन्ने हो, पूँजीगत खर्च बढाएर नतिजा निकाल्ने हो–उनले भन्ने । मुख्यमन्त्री पोखरेलले पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने आयोजनालाई केन्द्रीत गर्न निर्देशन दिए ।