२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

शिक्षा तथा महिला व्यवसायी विस्तार उपसमितिको बैठक  

शुक्रवार , श्रावण २०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २० साउन । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गतको शिक्षा तथा महिला व्यवसायी  विस्तार उपसमितिको बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा उद्योगी व्यवसायीहरुलाई लक्षित गरी आधारभूत अंग्रेजी बोल्ने तालिम, महिला उद्यमी उत्प्रेरणात्मक कार्यक्रम गर्ने विषयमा छलफल गरी सञ्चालन गर्ने निर्णय गरिएको थियो । 

    बैठकमा बोल्दै उपसमिति संयोजक तथा संघकी कार्यसमिति सदस्य रचना क्षेत्रीले सल्लाह सुझावअनुसार अगाडि बढ्ने बताइन् । संघका महासचिव विजय पाण्डेद्वारा सहजीकरण गरिएको भएको बैठकमा वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले उपसमितिहरुले गर्ने कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरे ।