images

शुक्रवार, बैशाख ७ गते २०८१

भारतबाट गहुँको आयात नखुल्दा सबैजसो मैदा मिल बन्द हुने अवस्थामा

भारतबाट गहुँको आयात नखुल्दा सबैजसो मैदा मिल बन्द हुने अवस्थामा

images
images
images
शुक्रवार, श्रावण २० २०७९
शुक्रवार, श्रावण २० २०७९
  • भारतबाट गहुँको आयात नखुल्दा सबैजसो मैदा मिल बन्द हुने अवस्थामा

    भैरहवा, २० साउन ।
    छिमेकी देश भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेको उद्योगीले बताएका छन् । कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पीठोका साथै गाईको दाना अर्थात चोकरको अभाव हुन सक्ने फ्लोर मिल सञ्चालकहरुले चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै माग धान्न सक्ने उद्योगीहरुले जनाएका छन् । रुपन्देही फ्लोर मिलका कोषाध्यक्ष समेत रहेका अरुण एग्रो इण्ड्रष्टिज प्रा.लि.का सञ्चालक अरुण कुमार गोयनकाले नेपालमा उत्पादित गहुँले उद्योगहरु तीन महिना भन्दा बढी चल्न नसक्ने हुँदा सरकारले गहुँको आयात खोल्नका लागि भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।  ‘नेपालको गहुँले वैशाख, जेठ र असार महिनासम्म जसोतसो गरी धाने पनि अब धान्न सक्ने अवस्था छैन्, उनले भने, ‘कच्चा पदार्थको अभाव कायमै रहे उद्योग बन्द हुन गइ गहुँमा आधारित उपभोग्य वस्तुको अभाव हुने अवस्था आएको छ ।’

    नेपालमा सञ्चालित ३७ वटा उद्योगमध्ये ४ वटा उद्योग बन्द भइसकेको र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेको गोयनकाको भनाइ छ । २१ वटा उद्योग रहेको लुम्बिनी प्रदेशमा १७ वटा उद्योग रुपन्देहीमा मात्र रहेका छन् ।

    नेपाली उद्योगलाई १० लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ, कोषाध्यक्ष गोयनकाले भने, ‘नेपालमा साढे तीन लाख मेट्रिकटन मात्र उत्पादन हुने गर्छ, बाँकी सबै भारत लगायतका देशबाट आयात गर्नुपर्ने हुन्छ ।’

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ आयात गर्न चाहने उद्योगी तथा व्यवसायीका लागि सूचना जारी गरे पनि अहिलेसम्म गहुँ आयात नखुलेको उद्योगी गोयनकाले जानकारी दिए । मन्त्रालयले गहुँ आयात गर्न चाहने उद्योगी तथा व्यवसायीका लागि २८ गतेभित्र मन्त्रालयको इमेलमा आवश्यक कागजात पेश गर्न भनेको छ ।

    गहुँ बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो । नेपालमा ९ महिनाका लागि आवश्यक पर्ने गहुँबाट उत्पादन हुने मैदाको माग पूर्ति आयातित गहुँबाटै हुने गरेको घराना फुड्स प्रा.लि.का सञ्चालक विकास गोयनकाले जानकारी दिए । उनले गोदाममा गहुँको स्टक सकिन लागेको बताउँदै स्टक रहेको गहुँले बढीमा १५ देखि २० दिनसम्म मात्रै धान्ने बताए । साउनभरीमा गहुँको आयात नखुले खाद्यान्नको अभाव सुरु हुन्छ, गोयनकाले भने,‘खाद्यान्न अभाव हुन नदिनका लागि सरकारले आवश्यक कदम तत्काल चाल्नुपर्छ ।’

    भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्यांकअनुसार सन् २०२०/२०२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ । उक्त अवधिमा भारतले नेपाललाई ३,३०,७०७ टन गहुँ निर्यात गरेको थियो ।

    भारत सरकारले भारतका साथै अन्य छिमेकी राष्ट्रमा खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएको थियो । गहुँ आउन बन्द हुँदा नेपालमा त्यसमा आधारित उत्पादनहरुको अभाव सुरु हुन थालेको उद्योगीहरुले जनाएका छन् । जसको असर होटल रेष्टुरेष्टदेखि लिएर चाउचाउ तथा बिस्कुट उद्योगमा पर्न सुरु भएको छ ।

    त्यसबाहेक गाईवस्तुलाई खुवाउने चोकरको निम्ति पनि गहुँ अत्यावश्यक हुन्छ । चोकर अभाव भयो भने दुग्ध उत्पादनमा समेत कमी आउने र यसले सबै क्षेत्रलाई समस्यामा पार्ने चिन्ता बढ्दै गएको छ । गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि भारतले कुनै देशमा खाद्य संकटको स्थिति आएमा सरकारीस्तरको छलफलपछि निर्यात गर्ने जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij