२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

काशीमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान 

शनिवार , श्रावण २१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २१ साउन । 
    काशी नोबल एकेडेमी सिद्धार्थनगरले एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी ११० जना उत्तीर्ण विद्यार्थीमध्ये ३.७० जीपीएल्याउने सुभम विके, आर्शिवाद चौधरी र ३.५० जीपीए ल्याउने दिलासा नेपाललाई नगद जनही पाँच हजारसहित सम्मानपत्र, खादा, फूलमाला र अबिर लगाएर सम्मान गरिएको थियो । 

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसी, विद्यालयका कोओर्डिनेटर निर्मल हुमागाई, शिक्षक डिलाराम पाण्डे लगायतले बोलेका थिए ।

    विद्यालयका सहायक प्राचार्य श्रीरायमाझीको स्वागत मन्तव्य तथा प्लस टु कोओर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    यसैबीच काशी नोबल एकेडेमीमा तीनदिने तालिम शनिबारदेखि सुरु भएको छ । गणित विषय कसरी पढाउन सकिन्छ भन्ने बारेमा विद्यालयका गणित शिक्षकसहित कम्प्युटर विज्ञान लगायत ३२ जना शिक्षकहरुको तालिममा सहभागिता रहेको छ । 

    सहभागि शिक्षकहरुलाई प्रमुख प्रशिक्षक दयामान श्रेष्ठ र सहायक प्रशिक्षक विक्रम भण्डारीले प्रशिक्षण दिनेछन् । विद्यालयले ल्याबसहित विभिन्न शैक्षिक सामग्री प्रयोग गरेर आधुनिक तरिकाले अध्ययन अध्यापनमा जोड दिएको छ । 

    तालिमको उद्घाटन कार्यक्रममा प्राचार्य राजेन्द्र घिमिरे, सहायक प्राचार्य श्री रायमाझी, विद्यालयका कोओर्डिनेटर निर्मल हुमागाई लगायतले तालिमको महत्व र उद्देश्यका बारेमा चर्चा गरेका थिए ।