images

शुक्रवार, चैत्र १६ गते २०८०

मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल 

मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल 

images
images
images
आइतवार, श्रावण २९ २०७९
आइतवार, श्रावण २९ २०७९
  • मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल 

    मेयरज्यू
    काठमाडाैँ महानगरपालिका
    तपाइँ असफल हुनु भएन ।

    images
    images
    images

    १.  तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ ।

    २. काठमाडाैँ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ ।

    ३. राजनीति ‘जनताको लागि’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ ।

    ४. तपाइँको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ । तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपाइँप्रति जनता निराश हुन थालेको देखिन्छ । जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँग समेत जोडिएको फोहोर व्यवस्थापनको विषयप्रति मेयरज्यू पक्कै पनि सम्वेदनशिल हुनु नै हुन्छ होला ।

    ५. फोहोर व्यवस्थापनमा विगतदेखि नै दलगत राजनीतिक खिचातानी हुँदै आएको हो । अहिले पनि त्यो भइरहेको देखिन्छ । त्यसैले मेयरज्यूले सम्वेदनशिल भएर काम गरी यो समस्याको शीघ्र समाधान खोज्नु पर्यो । यसका लागि–

    (क) विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्‍याे र कुन स्तरमा छलफल भइरहेकोछ त्यसको जानकारी नियमित रुपमा जनतालाई गराइरहनु पर्‍याे ।

    (ख) पार्टीका प्रतिनिधिहरुसँग पनि नियमित छलफलमा रहनुपर्यो र यसबारे पनि जनतालाई जानकारी गराउनु पर्यो ताकि जनताले के भइरहेको छ भन्ने थाहा पाउन सकियोस् ।

    (ग) फोहोर फालिने क्षेत्रका जनतासँग पनि निरन्तर छलफलमा रहनुपर्‍याे । पुरा गर्न सक्ने माग पूरा गर्नु पर्‍याे र गर्न नसकिने माग गर्न सकिँदैन भन्नुपर्‍याे । यसको जानकारी पनि जनतालाई दिइरहनु पर्‍याे ।

    (घ) छिमेकी नगरपालिकाहरुसँग पनि छलफल र सहयोग आदानप्रदान गर्नु पर्‍याे।

    (ङ) विज्ञहरुको सहयोग समेतका आधारमा संघीय सरकारसँगको समन्वयमा फोहोर व्यवस्थापनको अल्पकालीन‚ मध्यकालिन र दीर्घकालीन योजना र त्यसको कार्यान्वयन खाका बनाई सार्वजनिक गर्नुपर्‍याे । अनि सोही कार्ययोजना अनुरुप काम गरी प्रगति सार्वजनिक गर्ने परिपाटी बसाल्नु पर्‍याे।

    ६.  राजधानी शहरको मेयरले संयमता र सुझबुझ पनि देखाउन सक्नु पर्‍याे । अदालतले दिएका आदेशउपर सार्वजनिक प्रतिक्रिया दिनुभन्दा कानुनबमोजिमको सबूद प्रमाणसहित प्रक्रियामा जाने गर्नु पर्‍याे । अदालतले गरेका फैसला र आदेशउपर तल्लो स्तरको प्रतिक्रिया दिनका लागि देशका कम्युनिष्ट हौं भन्ने नेताहरु पर्याप्त छन् । त्यस्ता विषयमा प्रतिस्पर्धा गर्न थाल्नु भयो भने तपाइँको असफलता निश्चित छ ।

    ७. तपाइँसँग हामी जनताले ठूलो आशा र भरोसा गरेका छौं । हामी तपाइँबाट राम्रा कामकुराको मात्र आशा गर्छौं । हाम्रो आशा र भरोसामा तुषारापात हुने छैन भन्ने विश्वास छ ।

    (लेखक शारदाप्रसाद त्रिताल नेपाल सरकारका पूर्वसचिव हुन् ।)

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij