२०८३, कार्तिक ६ गते

Oct 23 2026 | २०८३, कार्तिक ६ गते

१८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह

शुक्रवार , कार्तिक ६, २०८३

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, ६ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, रानीगाउँकी १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन  भएकी छन् । गत कार्तिक २ गते सोमबार दिउँसो करिब १ः३० बजे साथीहरूसँग घुम्न जाने भन्दै घरबाट निस्किएकी निसा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनको खोजीका लागि परिवारले सहयोगको अपील गरेको छ ।

    परिवारका अनुसार घरबाट निस्किदा नाजरुनले पहेलो करको कटनको सुट, कालो रंगको पाइन्ट र कालो दुपट्टा लगाइएकी थिइन् ।

    उनलाई कतै देखेमा वा कुनै जानकारी प्राप्त भए तत्काल सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । आफ्नो छोरी नाजरुन निसाको बारेमा कुनै जानकारी भए मोबाइल नम्बर ९८४४७१३५१६ र ९८०२६५८६०१ मा सम्पर्क गरिदिन उनका बुवा हैदर अलीले आग्रह गर्नुभएको छ । छोरी हराएकोबारे प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको अलीले बताउनुभयो ।