
सोमवार , मंसिर १५, २०७७
बुटवल, १५ मंसिर ।
आवास ग्रुपले दुई वटा नया उद्योगको शिलन्यास र एक उद्योगको उत्पादन शुभारम्भ गरेको छ । सोमबार एक समारोहकाबीच तिलोत्तमा–१७, गंगोलियामा ज्याकोर पाइप एण्ड फिटिङ कम्पनीको भवन शिलान्यास गरिएको हो ।
डेढ विगाहा क्षेत्रफलमा निर्माण हुने उद्योगको पूर्वाधारमा २० करोड रुपैयाँ लगानी रहेको छ । यहा पिभिसि, एचडिपि, सिपिभिसि, युपिभिसि लगायत पाईप एण्ड फिटिङका उत्पादन हुने आवास ग्रपका संचालक महेश थैवले बताए । यसअघिबाट आवास ग्रुपबाट जे आई फिटिङ उत्पादन हुँदै आएको थियो । करीब ६ महिनामा फैक्ट्रीको पुर्वाधार र मेशिन जडान भएर बजारमा उत्पादन जाने उनले बताए । त्यसै गरी सोमबार नै देवदह–१०, भलुहीमा आवास ग्रुपको डुगारी गार्मेन्ट इन्डष्ट्रिज प्रालिको शिलान्यास गरिएको छ । एक समारोहकाबीच देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, वडा नम्बर १० का वडाअध्यक्ष एक बहादुर सुनार, संचालक यज्ञश्वर थैव, राजेश थैवसहित थैव परिवारले नया उद्योग भवनको शिलान्यास गरेका हुन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले देशमा उद्योग ब्यापार बढाउँदै युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारको हुनुपर्ने बताए । करिब ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुने उद्योगमा पहिलो चरणमा २५ करोड रुपैयाँ लागत रहेको छ । जिन्स पाईन्ट, जुत्ता लगायत परिकारहरुलाई डुगारी भनिन्छ । उद्योगबाट ५ सय जनाले रोजगार पाउनेछन् । त्यसै गरी देवदहमा नै लिड्र्स ट्याप्स एण्ड भल्भ प्रालिको समेत उत्पादन सुरु भएको छ । आवास ग्रुपको देवदहमा खानेपानीमा प्रयोग हुने गन मेटलका फिटिङहरु, बाथरुम सेटहरु उत्पादन तथा हेल्मेट, लेगार्ड र फर्निचर समेत गरी पाँच वटा फैक्ट्री रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij