images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीमा राष्ट्रपति भण्डारीको पुत्ला जलाइयो

रुपन्देहीमा राष्ट्रपति भण्डारीको पुत्ला जलाइयो

images
images
images
मंगलवार, श्रावण ३१ २०७९
मंगलवार, श्रावण ३१ २०७९
  • रुपन्देहीमा राष्ट्रपति भण्डारीको पुत्ला जलाइयो

    रुपन्देही, ३१ साउन ।
    नागरिकता विधेयक फिर्ता गरेको भन्दै रुपन्देहीमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता कार्यकर्ताहरुले गर्दै रोहिणीको धकधईमा प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    लोसपाका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)को नेतृत्वमा मंगलबार सो पार्टीका नेता कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका थिए । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । 

    गत साउन ६ गते संघीय संसदबाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij