२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सन्धिखर्कका सामुदायिक विद्यालयका ५१ शिक्षक कारवाहीमा

सोमवार , मंसिर १५, २०७७

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • अर्घाखाँची, १५ मंसिर ।
    अर्घाखाँचीका सामुदायिक विद्यालयका ५१ जना शिक्षकहरु कारवाहीमा परेका छन् । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ को सम्पत्ति विवरण नबुझाउने सन्धिखर्क नगरपालिका भित्रका ५१ जना शिक्षकहरु रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख युगलनाराण बसेलले जानकारी दिए । 

    सम्पत्ति विवरण समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउन नाम सार्वजनिक गरिएको हो । जसमा आधारभुत विधालय, निमावि र माविका शिक्षकहरु रहेका छन ।

    यता नगरपालिकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको परिपत्र अनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई जरिवाना वापतको रकम समयमै तिर्न आग्रह समेत गरिएको शिक्षा शाखा प्रमुख बसेलले भनाइ छ ।