२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

चलचित्र ‘प्रेमगीत ३’ को एक टोली काशी सिनेप्लेक्स भैरहवामा

शुक्रवार , भाद्र ३, २०७९

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ३ भदौ ।
    आगामी असोज ७ गते रिलिज हुन लागेको आशुसेन फिल्मस् प्रोडक्शनको प्रस्तुती प्रेमगीत ३ को एक टोली काशी सिनेप्लेक्स भैरहवामा आएको छ । चलचित्रका असिस्टेन्ट तथा पब्लीसिटी डाइरेक्टर सुदीप पौडेल, फिल्म म्यानेजर हिमाल मल्ल, पब्लीसिटी कोर्डिनेटर संयोग सापकोटा चलचित्रको प्रचारप्रसार तथा हलमा दर्शकको अवस्था बुझ्न यहाँ आइपुगेका हुन् ।

    पहिलो चरणको प्रचारप्रसारको क्रममा भैरहवास्थित काशी सिनेप्लेक्समा आएको चलचित्रका असिस्टेन्ट तथा पब्लीसिटी डाइरेक्टर सुदीप पौडेलले बताए । उनले चलचित्र र सिनेमा हलबीच सम्बन्ध मजबुत बनाउन यहाँ आउनुको उद्देश्य रहेको बताए । पौडेलले भने, ‘हामी बिहीबार भैरहवा आएका छौं, यहाँको काशी सिनेप्लेक्सबाट प्रचारप्रसार सुरुवात भएको छ, अब यसरी सबै हलहरुमा पुग्ने योजना छ ।’ चलचित्र प्रेमगीत ३ नेपाली र हिन्दी दुवै भाषामा हेर्न सकिने उनले जानकारी दिए । नेपालबाहेक १ हजार ६ सय स्क्रीनमा रिलिज हुने उनको भनाइ छ ।

    नेपाल चलचित्र संघका केन्द्रीय उपमहासचिव समेत रहेका काशी सिनेप्लेक्स प्रा.लि.का अध्यक्ष ओम जैसीले आफूले १० वर्षदेखि फिल्म हल सञ्चालन गर्दै आएकोमा चलचित्रको एक महिना अगावै प्रचारप्रसारका लागि पहिलोपटक टोली हलमा आएको आफूले पाएको बताए । उनले भने, ‘यो कार्यले हल सञ्चालक उत्साहित भएका छौं ।’

    त्यस्तै उक्त टोली भैरहवास्थित पदमा श्री हलमा पनि पुगेको छ । हलका सञ्चालक राजु पौडेलले चलचित्रको टोली हलमा आउँदा उत्साहित भएको बताए ।