
सोमवार , मंसिर १५, २०७७
बुटवल। सार्वजनिक लेखा समिति सभापती भरत कुमार शाहले सरकार भ्रष्टाचारी संरक्षण र कमिसनतन्त्रमा लाग्दा जनतामा निरासा बढेको र राजाबादीहरुको चलखेल बढेको बताएका छन ।
सोमबार रुपन्देहीको तिलोत्तमा १७ विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल सिलन्यास कार्यक्रमलाइ सम्बोधन गर्दै नेता शाहले सरकार नै भ्रष्टाचारमा र कमिसनतन्त्रको खेलमा लाग्दा जनतामा निरासा बढेको र राजाबादीहरुले चलखेल गर्ने मौका पाइरहेको बताएका हुन ।
नेकपा भित्रको आन्तरिक द्धन्द्ध र भ्रष्टाचारले मुलुकलाइ बार्बादिको दिशा तर्फ धकेलेको पनि नेता शाहले दावी गरे । ‘जनताले तपाइहरुलाइ दिएको दुइ तिहाइ मत आन्तरिक किचलोमा भुल्न र भ्रष्टाचारी संरक्षण गर्न होइन । शुसाशन कायम गर्दै विकास र समृद्धि ल्याउन हो’ नेता शाहले भने । रसायनिक मलकालागि ११ अर्ब बजेट छुटयाएपनि कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन नसकेको भन्दै उनले दुइ तिहाइको सरकारले जनताको हितमा सिन्को भाच्न नसकेको दावी गरे । उनले विकास र सुशासनमा ओली सरकार पुर्णत असफल भएको दावी पनि गरे।
नेता शाहले सरकारले ट्रान्सपरेन्सी इन्टरन्यास्नलको रिर्पोट मान्दिन भनेपनि सो रिर्पोटले भनेजस्तै देश भ्रष्टाचारले अक्रान्त बन्दै गएको दावी गरे । भ्रष्टाचारका ठुलठुला काण्डहरु नेपाली काँग्रेसले नै सदन मार्फत उजागर गरेको भन्दै उनले लेखा समितिले कारबाहीकालागि सिफारिस गरेका भ्रष्टाचारीलाइ समेत सरकारले नै संरक्षण गर्दा मुलुकमा दण्डहिनता मौलाएको बताए ।
नेता शाहले सडक र पुल निर्माण मात्रै विकासको मानक नभएको भन्दै स्वास्थ्य,शिक्षा र गरिबी उन्मुलन नै एक्काइसौं सताब्दीको विकास भएको उल्लेख गरे । रुपन्देहीबाट निर्वाचित प्रतिनिधि सांसद शाहले रुपन्देहीमा विकासको लहर ल्याएको भनेर गफ दिनेहरु नै बुटवलबाट राजधानी सार्न भित्रभित्रै भुमीका खेलेको पनि आरोप लगाए ।
विपि ग्राममा स्थापना हुने अस्पताल पार्टी विशेषको अस्पताल नभइ सिंगो तिलोत्तमा बासीको अस्पताल भएकाले तीन तहकै सरकार र अन्य राजनीतिक पार्टीले पनि पुर्ण सहयोग गर्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,विपी ग्रामका सेवा केन्द्रका अध्यक्ष नेत्रबहादुर राना, रामचन्द्र ढकाल, केन्द्रका सल्लाहकार हरी न्यौपाने,वडा नं. ९ वडा वडाध्यक्ष नारायण न्यौपाने,वडा १७ का वडाध्यक्ष दानबहादुर चौधरी,बिनोद न्यौपाने लगायतले बोल्दै ग्रामिण क्षेत्रमा निर्माण हुन लागेको अस्पतालले सो क्षेत्रका जनतालाइ ठुलो राहत हुने बताए ।
विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माणकालागि संघ सरकारले गत र यो आर्थिक बर्षमा गरी १८ करोड ४४ लाख बजेट छुट्याएको छ । सो अस्पतालमा बर्थिङ सेन्टर संचालनकालागि तिलोत्तमा नगरपालिकाले गत बर्ष ३० लाख र यो बर्ष २० लाख बजेट बिनीयोजन गरेको तिलोत्तमा ९ का वाडाध्यक्ष नारायाण न्यौपानेले बताए । कुल साढे ५ बिगाह क्षेत्रफलमा सो अस्पताल निर्माण हुदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij