
शनिवार , भाद्र ४, २०७९
भैरहवा, ४ भदौ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रचना पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर थापा, द्वितीय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतीय उपाध्यक्षमा अनिलमान श्रेष्ठ, महासचिवमा अन्जन श्रेष्ठ, सचिवमा ज्ञानुमाया पोखरेल, कोषाध्यक्षमा सुजित श्रीवास्तव र सह–कोषाध्यक्षमा बिराट श्रेष्ठ निर्वाचत हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता धर्मबहादुर खड्काले बताए ।
त्यस्तै कार्यसमिति सदस्यमा सीता बस्याल, मन्जु गिरी पुरी, गणेश भट्टराई, गोबिन्द सिंह सलुजा, फणिन्द्र पौडेल, बिना न्यौपाने र दिपेश गुप्ता रहेका छन् ।
साधारणसभा तथा अधिवेशनको लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij