२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

३ करोडको लगानीमा भैरहवामा खुल्यो ‘सिभेट लन्ज एण्ड बार’

सोमवार , भाद्र ६, २०७९

भैरहवा, ६ भदौ । रुपन्देहीको भैरहवामा करिब ३ करोडको लगानीमा ‘सिभेट लन्ज एण्ड बार’ सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे मुख्य गेट अगाडी उक्त होटल आइतबारदेखि शुभारम्भ भएको हो ।

विमानस्थलमा आउने र यहाँबाट जाने पर्यटकलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको होटलका सञ्चालक प्रकाश अधिकारीले बताए । उनले स्वस्थकर खाना नै होटलको मुख्य विशेषता भएको बताए । उनले भने, ‘सिभेट लन्ज एण्ड बारमा नेपाली, इण्डियन, चाइजिन कन्टीनेन्टल खाना उपलब्ध गराइनेछ ।’ साथै यहाँ कफि पारखीहरुका लागि बिश्वकै उच्च स्तरीय कफि सिबेट कफिको पनि व्यस्था गरिएको छ। 

पुर्णतया वातानुकुलित रेस्टुरेन्ट भित्र बसेर स्वस्थकर खाना प्रदान गर्ने गरी होटललाई सञ्चालनमा ल्याएका हौं, अधिकारीले भने गुणस्तरमा हामीले कहिल्यै कम्परमाईज गर्ने छैनौ। उनले आफुले पाँच तारे होटल सञ्चालनका क्रममा सिकेको सिपलाई सिवेट लन्जमा प्रयोग गर्ने समेत बताएका छन्। 

IMG_8973.JPG

होटलमा २५–३० जना अट्ने सभाहल, दुईवटा बैठक कोठा रहेका छन्। ४ हजार स्कायरफिट क्षेत्रफलमा निर्माण भएको होटलमा एकै पटकमा १ सय २० जना जतिले संगै बसेर खाना खान सकिने सञ्चालक अधिकारीले जानकारी दिए।  साथै हाेटलबाट विमानस्थलको दृश्वालोकन गर्न सकिन्छ भने खाना खाएर विमानस्थल जान सकिने तथा विमानस्थलमा गएर जहाजको पखाईमा बस्नु भन्दा होटलमा बसेर आराम गरेपछि यात्रा गर्न सकिने अधिकारीले बताए । ग्राहकको सुझाव र सल्लाहअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

hotel.jpg

सञ्चालक अधिकारी होमल्याण्ड गु्रपका अध्यक्ष हुन्। उनले होमल्याण्ड मिडिया, कन्स्ट्रक्सन एण्ड डिजाईन, स्पोट्स क्लव, फेसन पेन्ट लगाएतका व्यवसाय सञ्चालन गरेका छन्। उनीसंग होटल सञ्चालनको अनुभव समेत रहेको छ। व्यवसायमा राम्रोसंग सफल भएका अधिकारीले सिवेट लन्ज एण्ड बारलाई पनि सबैको रोजाईमा पार्ने गरी सञ्चालन गर्ने बताए। उनी युवा उद्यमी हुन्। 

prakash.jpg

होटल परिसर भित्र ३ वटा एटिएम लाउन्ज राखिएको छ। स्थानिय तथा बाह्य पर्यटकको सुबिधाको लागि एटिएम लाउन्जको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। होटलमा आउने उपभोक्ताको सुबिधाको लागि प्रयाप्त प्रार्किङको समेत सुबिधा रहेको छ। 

WhatsApp Image 2022-08-22 at 9.50.45 AM.jpeg

सञ्चालनमा आएको एक महिना सम्मका लागि खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ। सञ्चालनको पहिलो दिएका पाहुना तथा उपभोक्ताले होटलले गुणस्तरी सेवा प्रदान गरेको प्रतिक्रिया दिएका छन्। अधिकांशले खानाको टेस्ट निकै राम्रो रहेको बताएका छन् । होटलको डिजाईन डि स्केच बुक प्रालिले गरेको हो।