
बुधवार , मंसिर १७, २०७७
भैरहवा, १७ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कार्यरत चार जना कर्मचारीको विदाई गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकाश पाएका कर्मचारीहरुलाई विदाई गरिएको हो । विदाई गरिएकोमा वरिष्ठ लेखा अधिकृत गणेश बहादुर क्षेत्री, नायब सुब्बाद्वय घनश्याम गुरुङ, डमरी कुमारी गुरुङ र हलुका सवारीचालक मान बहादुर यादव रहेका छन ।
नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच माला खादा र मायाको चिनो प्रदान गरेर कर्मचारीहरुलाई विदाई गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख हरि प्रसाद अधिकारीले विदाई भएका कर्मचारीबाट राम्रा कुराको सिको गर्नुपर्ने बताए । उनले कर्मचारीहरुका् योगदानको चर्चा गरेका थिए । कार्यक्रममा उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, विदाई भएका कर्मचारीकोतर्फबाट गणेश बहादुर क्षेत्रीले बोलेका थिए ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन सिद्धार्थनगरका अध्यक्ष योगराज पन्थीको स्वागत तथा नगरपालिका प्रशासन शाखा प्रमुख शेखरनाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij