
शुक्रवार , मंसिर १९, २०७७
काठमाडौं, १९ मंसिर ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच शुक्रबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड–१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।
अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवद्र्धन, लगानी अभिवृद्धि, कोभिड–१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । त्यसै गरी युरोपियन लगानी बैंकको सहयोग थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।
राजदूत डेप्रेचले कोभिड–१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij