images

शुक्रवार, चैत्र १६ गते २०८०

बोल्नु भन्दा कामलाई महत्व दिन्छु : एमाले उपाध्यक्ष पौडेल

बोल्नु भन्दा कामलाई महत्व दिन्छु : एमाले उपाध्यक्ष पौडेल

images
images
images
शुक्रवार, भाद्र २४ २०७९
शुक्रवार, भाद्र २४ २०७९
  • बोल्नु भन्दा कामलाई महत्व दिन्छु : एमाले उपाध्यक्ष पौडेल

    रुपन्देही, २४ भदौ ।
    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले आफुले बोल्ने भन्दा कामलाई प्राथामिकता दिने बताएका छन् । सैनामैना व्यापार संघको स्थापना दिवसको अवसरमा सैनामैनामा आयोजना गरिएको एकदिवसीय व्यवसायिक कला प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दिगो विकासले मात्र समृद्धिको यात्रा तय हुने भन्दै भाषण भन्दा परिणाममुखी काममा महत्व दिनुपर्ने औँल्याए ।

    images
    images
    images

    रुपन्देहीलाई देशकै आधुनिक तथा व्यवस्थित शहरको रुपमा विकास गर्ने भन्दै साँस्कृतिक, सामाजिक सहिष्णुताको रुपमा जोड दिने पौडेलले तर्क गरे । उनले तिनाउ करिडोर बनाउनेदेखि वाणिज्य व्यापार क्षेत्रको विकास आफनै नेतृत्वमा हुने विश्वास व्यक्त गरे । उपाध्यक्ष पौडेलले उन्नत नगर सैनामैनालाई बनाएर छाड्ने तथा संघको निजी भवनका लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    traning.jpg

    व्यवसायिक कला प्रशिक्षणको सहजीकरण प्रशिक्षक योगी नवराज फुयाँलले गरेका थिए । संघका कार्यवाहक अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैनाका उद्योगी, व्यवसायी गरी १५० जना भन्दा बढीलाई प्रशिक्षण गराइएको थियो । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij