२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिला सम्पन्न हुन्छ : पर्यटनमन्त्री भट्टराई

शनिवार , मंसिर २०, २०७७


भैरहवा, २० मंसिर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिला निर्माण सम्पन्न हुने बताएका छन् । उनले अहिले नै सम्पन्न गर्न यति समय लाग्छ भन्नु भन्दा पनि २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने पहिलो आयोजना बन्ने दावी गरे ।

शनिबार निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले कोभिड–१९ का कारण पर्खिनु र हेर्नुको परिस्थिति रहेको बताए । उनले आयोजनाको म्याद थप गर्नुपर्ने कारण दिन आयोजनालाई २५ दिन होमवर्कको समय दिएको बताए । अनेक समस्याका कारणले आयोजनाको समय धकेलिदै आएको उनले बताए । विमानस्थल निर्माणसम्पन्न यथाशिघ्र गरी अन्तर्राष्ट्रिय उडानको लागि अधिकतम प्रयास भइरहेको उनको भनाइ छ ।

‘आयोजना लथालिंग हुँदैन, अब अल्झिनु हुँदैन, नेपाली प्राविधिकबाट हुने काम गरिहालौं, नरोकौं, हाम्रोतर्फबाट केही ढिलाई भएको छैन, प्रधानमन्त्रीलाई पनि आयोजनाको बारेमा जानकारी गराएको छु, उनले भने । 

पछिल्लो समय कोभिड–१९ को कारणले भनेको समयमा विमानस्थल निर्माणसम्पन्न गर्न नसकिएको बताए । आफुले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि अन्तिम समयको लागि भनेर डिसेम्बर २०२० सम्म आयोजनाको म्याद थपिएको बताए ।  थुप्रै देशका अन्तर्राष्ट्रिय एअरलायन्सहरुले गौतमबुद्ध विमानस्थलमा उडानको लागि चासो देखाएको उनले बताए ।

IMG_8061.JPGगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले कोभिड–१९ को संक्रमणको त्रासका कारण विदेशबाट प्राविधिक जनशक्ति आउन तयार नभएकोले यस विषयमा सरकारबाट पहल हुनुपर्ने बताए ।