images

शुक्रवार, बैशाख ७ गते २०८१

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रोहिणीका चार विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रोहिणीका चार विद्यालय छनोट

images
images
images
बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रोहिणीका चार विद्यालय छनोट
    रोहिणी गाउँपालिका-३ स्थित श्री राम नरेश यादव आदर्श नमूना मावि ।

    भैरहवा, ३० भदौ ।
    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुपन्देहीको रोहिणी गाउँपालिकाका चार वटा विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयहरुमा भवन निर्माण तथा कम्युटर ल्याब स्थापना (आइसिटी) हुनेछन् ।

    images
    images
    images

    छनोटमा परेका विद्यालयहरुमा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी–३ धकधई, श्री सरस्वती आधारभूत विद्यालय रोहिणी–७ टिकर, भविष्य उज्जवल आभारभूत विद्यालय रोहिणी–४ पकडिहवा र श्री छिपागढ माध्यमिक विद्यालय रोहिणी–४ छिपागढ रहेका छन् ।

    श्री रामनरेश यादव आदर्श मा.वि.को सूचना सञ्चार प्रविधि (आईसिटी)का लागि रु. ६ लाख ५० हजार, श्री सरस्वती आधारभूत विद्यालयको चारकोठे भवन निर्माणका लागि रु. ४५ लाख, भविष्य उज्जवल आधारभूत विद्यालयको दुईकोठे भवन निर्माणका लागि रु. २२ लाख ५० हजार र छिपागढ माविको सूचना सञ्चार प्रविधि (आईसिटी)का लागि रु. ६ लाख ५० हजार बजेट परेको छ ।

    रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै यसको विकासका लागि गाउँपालिका लागिपरेको बताए ।

    बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो । 

    राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । उक्त कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय विद्यालय छनोट भएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij