२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

शुक्रवार , भाद्र ३१, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ३१ भदौ ।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । 

    वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ । 

    गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १।६ प्रतिशतले बढेको थियो । 

    वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ ।