२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लुम्बिनीको मायादेवि मन्दीर सर्वसाधरणका लागि खुला 

आइतवार , मंसिर २१, २०७७

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा २१ मंसीर। बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दीर सर्बसाधरणका लागि पनि खुला गरिएको छ। सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले लुम्बिनीमा आएर मायादेवि मन्दीर सर्वसाधरणका लागि पनि खुला गरिएको घोषणा गरे।  

    कोरोना माहामारीका कारण गत चैत्र देखि बन्द रहेको मन्दीर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर घुम्न दिने भन्दै मन्दीर खुला गरिएको मन्त्री तथा लुम्बिनी बिकास कोषका अध्यक्ष भट्टराईले जानकारी दिए। 

    मन्त्री भट्टराईका अनुसार मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणहरुले अनिवार्य मास्क प्रयोग गर्नु पर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनु पर्ने, भिडभाड नगरी एक पटकमा ८–१० जना मात्र प्रवेश गर्न पाईने छ। यही अनुरुप व्यवस्था मिलाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिएको मन्त्री भट्टराईले बताए।

    यस अघि मंसिर ३ गते मायादेवि  मन्दीर बाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुला गरिएको थियो। लुम्बिनी खुला गरिएसङगै लुम्बिनीमा पर्यटकको चहल पहल बढेको छ। 

    लमो समयको बन्दाबन्दीका कारण लुम्बिनी सुन्दर देखिएको छ। बन्दको समयमा लुम्बिनी बिकास कोषले सरसफाईमा बिशेष ध्यान दिएका कारण थप आर्कषक देखिएको कोषले जजनाएको छ।