२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

शुक्रवार , भाद्र ३१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ३१ भदौ । 
    ग्लोबल आइएमई बैंक लिमिटेडले शक्रबार बुटवलमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गराउने उद्देश्यले बुटवलको चौराहा र राममन्दिर शाखाले संयुक्त रुपमा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

    बुटवलको सिद्धार्थ कटेजमा आयोजित उक्त प्रशिक्षणमा बैंकका लुम्बिनी प्रदेश उपप्रमुख जोगलाल भुसाल, राममन्दिर शाखा प्रमुख संजय बगाले र चौराहा शाखा प्रमुख नवीन पन्थीले प्रशिक्षण दिएका थिए । भने चौराहा शाखाका डीआरएम राजेश खनाल र प्रदेश कार्यालयकी बबिता ज्ञवालीले सहजीकरण गरेका थिए । 

    प्रशिक्षणमा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो । 

    307187423_776599180283927_8568892716842043964_n.jpg

    मिस्डकल बैंकिङको माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोबाइलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरुबारे प्रशिक्षण गराइएको थियो । बैंकले देशभरका सबै ग्राहकहरु माझ डिजिटल सेवाको पहुँचका साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।