images

शनिवार, बैशाख ८ गते २०८१

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा बालगृहलाई आर्थिक सहयोग

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा बालगृहलाई आर्थिक सहयोग

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • लायन्स सिद्धार्थनगर लेडी युथद्वारा बालगृहलाई आर्थिक सहयोग

    भैरहवा, ७ असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बाल गृहलाई आर्थिक सहयोग गरेको छ । क्लबले बालगृहकी सञ्चालक कृष्णमाया गुरुङलाई उक्त रु. २५ हजारको चेक हस्तान्तरण गरेको हो । लायन्स सिद्धार्थनगर लेडी युथको बिहीबार भएको छैठौं चार्टर नाइट तथा अवार्ड सेरोमनीमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    बालगृहलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर पीएमजेएफ नवराज न्यौपानेले वर्ष २०२१/२२ को अध्यक्ष तनु शर्मा कशौधनले समाजमा गरेका काम उदाहरणीय रहेको बताए । उनले वर्ष २०२२/२३ को अध्यक्ष साबा खानलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    लायन्स पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले क्लब रुखको जरा जस्तै भएको बताए । उनले भने, ‘जति रुखको लागि जरा महत्वपूर्ण छ, त्यति क्लब बलियो हुन आवश्यक छ । ’

    लायन्स डिष्ट्रिक ३२५ (पी) का फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुमान सैंजुले लायन्स सिद्धार्थनगर लेडी युथले स्थापनाकालदेखि नै रचनात्मक कार्य गर्दै आएको बताए ।

    कार्यक्रममा बोल्दै लायन्स सिद्धार्थनगर लेडी युथ वर्ष २०२२/२३ की अध्यक्ष साबा खानले सफल कार्यकाल बनाउनका लागि सम्पूर्ण सदस्यहरुले सहयोग गर्नुपर्ने बताइन् । समाज रुपान्तरणका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । 

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ २०२१/२२ कि अध्यक्ष तनु शर्मा कसौधनले आफ्नो कार्यकाल मा सहयोग गर्ने सम्पूर्ण लायन्स पदाधिकारी, सदस्य, पत्रकार लगायतलाई मायाको चिनो प्रदान गरी धन्यवाद व्यक्त गरेकी थिइन् । 
    कार्यक्रम संयोजक मनिषा कसौधनको स्वागत तथा तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij