२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बुटवलमा भएको गैंडाको खाग तस्कर गोली काण्डका तस्बिर सार्वजनिक  

सोमवार , मंसिर २२, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, २२ मंसिर । बुटवलको सुख्खानगरस्थित एक होटेलमा प्रहरी र खाग तस्करबिच भएको झडप र तत्पश्चात घटनास्थलमा खिचिएका केही थान तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । 

    प्रहरीका अनुसार घटनाका क्रममा गोली लागि घाईते भएका राकेश न्यौपाने, पक्राउ परेका भक्त बहादुर थापा र कर्णबहादुर थापाको तस्बिर सार्वजनिक गरिएको छ । 

    एक जना भने घटनास्थलबाट फरार भएको र निजको खोजी भैरहेको प्रहरीको जनाएको छ । प्रहरीले घटनास्थलमा बरामद भएको गैंडाको खागको २ थान फोटो पनि सार्वजनिक गरेको छ । २ वटा फोटोमा रहेको खाग एउटै हो या दुईवटा बरामद भएको हो त्यो भने खुलाइएको छैन । 

    घटनाका क्रममा गोली लागि भक्तपुरका राकेश न्यौपाने घाईते भएको र निजको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भैरहेको छ । न्यौपानेसँगै रहेका भक्त बहादुर थापा र कर्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ । 

    सुचनाका आधारमा उक्त होटेलमा छापा मारिएको र छापा मार्ने क्रममा प्रहरीमाथि खाग तस्करहरु जाईलागकोले गोली प्रहार गर्नु परेको प्रहरीको भनाई छ ।