images

बुधवार, बैशाख १२ गते २०८१

टुगा आस्थाको सेवा केन्द्र भैरहवामा स्थापना हुने

टुगा आस्थाको सेवा केन्द्र भैरहवामा स्थापना हुने

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • टुगा आस्थाको सेवा केन्द्र भैरहवामा स्थापना हुने

    भैरहवा, १० असोज ।
    टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवामा पनि यसै बर्ष सेवा केन्द्र स्थापना गर्ने भएको छ । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको उक्त सरकारी संस्थाले चौथो वार्षिक साधारणसभाबाट चार वर्षे रणनीतिक व्यवसायिक योजना पारित गरेको थियो । सोही योजनाको कार्यान्वयन गर्न भैरहवामा सेवा केन्द्र स्थापना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन कार्यक्रममार्फत जानकारी दिइएको हो ।

    images

    संस्थाका अध्यक्ष डि.बी. थापाले आगामी चार वर्षमा थप चार वटा सेवा केन्द्र स्थापना गर्ने, सदस्य संख्या १५ हजार ९ सय पुर्याउने, कुल पूँजी १ अर्ब ४० करोड पुर्याउने, शेयरपूँजीलाई कम्तिमा १४ करोड ५० लाख पुर्याउने लक्ष्य रहेको जानकारी दिए । उक्त सहकारीका हाल ६ हजार २ सय सदस्य रहेका छन् । शेयर पूँजी ७ करोड ५० लाखसहित कुल पूँजी ७५ करोड रहेको छ । ४ वर्षमा बचत निक्षेप १ अर्ब पुर्याउने पनि अध्यक्ष थापाले बताए ।

    साविकका नेपाल टुगा, आस्था विकास र देवनारी बचत सहकारी एकीकृत भइ टुगा आस्थाको नामबाट सञ्चालनमा रहेको सहकारीले ७० वर्ष पुगेका जेष्ठ सदस्यलाई मासिक १ सय रुपैयाँ पेन्सन भत्ता उपलब्ध गराउन सुरु गरेको छ । ओमसतिया गाउँपालिका–१ कटैयामा केन्द्रीय कार्यालय र दुईवटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको संस्थाले आफ्नै डिजिटल एप मार्फत सेवा दिइरहेको छ । ४२ प्रतिशत सदस्य मोबाइल एपमा जोडिएको र निकट भविष्यमै एटीएम सेवा सुरु गर्न लागिएको पत्रकार सम्मेलन कार्यक्रममा जानकारी दिइएको थियो ।

    त्यस्तै संस्थाले अनलाइनबाटै सदस्यता आवेदन, कर्जा माग सेवा सुरु गर्न तयारी गरेको छ । सदस्यहरुलाई तीनतीन महिनामा बचतको ब्याज भुक्तानी, अत्यावश्यक समस्या परेका सदस्यलाई बिना ब्याज २५ हजार सापटी, सबै सदस्यको ५ लाखको दुर्घटना बीमा, मृतक सदस्यका परिवारलाई १५ हजार रुपैयाँ शोक अनुदान, जेष्ठ सदस्यलाई घरदैलो सेवा, विद्यार्थीलाई शेयर सदस्य बन्दा अन्य शुल्क नलाग्ने, सदस्यहरुलाई विभिन्न विधामा पुरस्कार दिने पनि सहकारीले जनाएको छ ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष पर्शुराम बास्तोला, मुख्य व्यवस्थापक लक्ष्मण श्रीस, गोकुल पोखरेल लगायतले पनि संस्थाका सेवा सुविधाबारे जानकारी दिएका थिए ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij