images

शनिवार, बैशाख ८ गते २०८१

भैरहवामा मंगलबारदेखि दशैं सस्तो बजार सञ्चालन हुने

भैरहवामा मंगलबारदेखि दशैं सस्तो बजार सञ्चालन हुने

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • भैरहवामा मंगलबारदेखि दशैं सस्तो बजार सञ्चालन हुने

    भैरहवा, १० असोज ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा मंगलबार (भोलि) देखि दशैं सस्तो बजार–२०७९ सञ्चालन गर्ने भएको छ ।‘ स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको सभाहलमा असोज ११ देखि १४ गतेसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने संघले जनाएको छ । दशैं सस्तो बजारको मंगलबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव विजय पाण्डेले बताए । गृहमन्त्री बालकृष्ण खाँणले दशैं सस्तो बजारको उद्घाटन गर्नुहुने पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    चार दिनसम्म बिहान १० बजेदेखि राती ८ बजेसम्म संघको परिसरमा बजार सञ्चालन हुने संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले जानकारी दिए । स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई सचेत गराउने तथा आउँदै गरेको नेपालीहरुको चाडपर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको न्यौपानेले बताए । उनले भने, ‘विभिन्न उद्योगी, व्यवसायीहरुसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वसुलभ रुपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु विक्रीवितरण गर्ने उद्देश्यले यसपटक दशैं सस्तो बजार सञ्चालन गर्न लागेका छौं । ’ चार दिनको संघको यो प्रयासबाट केही हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचारप्रसार हुने र आम उपभोक्ताहरुले सर्वसुलभ रुपमा उपभोग्य वस्तहरु खरिद गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष न्यौपानेले बताए । बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब २ हजार ५ सय जना उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने र ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले आगामी मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संघले भैरहवामा लुम्बिनी महोत्सव (औद्योगिक व्यापार मेला) आयोजना गर्न लागेको जानकारी दिए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य एवं वस्तुगत सेवा प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक अर्जुन कार्कीले दशैं सस्तो बजारमा सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने योजना रहेको बताए । उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहने बजारमा साल्ट ट्रेडिङसहित खाद्यान्न, जुत्ता, चप्पल, दुईपांग्रेअटोमोबाइलसहित बजारमा २२ वटा स्टल रहने उनले जानकारी दिए । बजारमा निःशुल्क आँखा र दन्त परीक्षणको व्यवस्था समेत रहेको उनले बताए ।

    संघले पहिलोपटक वि.सं. २०५८ साल कात्र्तिक १ गतेदेखि ६ गतेसम्म भैरहवा नमूना माध्यमिक विद्यालय परिसरमा र कात्तिक २४ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेको थियो । दोस्रोपटक संघले २०५९ साल असोज २१ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेको थियो ।

    यसैबीच सिद्धार्थ उद्योग वाणिज्य संघले दशैं सस्तो बजारको पूर्वसन्ध्यामा सोमबार भैरहवामा छलफल कार्यक्रम गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij