२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

३५ करोड लागतमा सियारीमा शिवपुजन स्ट्रिप्स उद्योग सञ्चालनमा 

सोमवार , आश्विन १०, २०७९

  • 10.1K
    Shares
  • 10.1K
    Shares
  • भैरहवा । रुपन्देहीको सियारीमा कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । सियारी ३ बोहरवामा युवा उद्योगी अजय जयसवालले शिवपुजन स्ट्रिप्स प्रा.लि. उद्योग सञ्चालनमा ल्याएका छन् ।

    पश्चिम नेपालमै नौलो प्रबिधि र बढी उत्पादन क्षमता भएको कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ । 
    उद्योगको एक कार्यक्रमका वीच सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, सञ्चालक अजय जयसवालका ४ बर्षे छोरा युवान जयसवालले उद्घाटन गरेका थिए ।

    शिवपुजन स्ट्रिप्स प्रा.लिले सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिटको  उत्पादन शुरु गरिएको प्रालिका सञ्चालक अजय जयसवालले जानकारी दिए ।

    सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिट बनाउने उद्योग पश्चिम नेपालमै पहिलो रहेको प्रा.लिका सञ्चालक जयसवालले बताए । उनले यसका साथै निकट भबिष्यमा स्टिल टंकी उत्पादन गर्ने योजना रहेको समेत उल्लेख गरे ।

    जस्ता पाता.jpg

    ३५ करोड लगानीमा सञ्चालनमा आएको उद्योगले २७ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रा.लिका महाप्रबन्धक माईकल जयसवालले जानकारी दिए । 
    उद्योगको प्रति दिन १०/१० टन सिजिआई रुफिङ सिट र एचस्पान सिट उत्पादन गर्ने क्षमता रहेको र यसले पश्चिम नेपालको मागलाई सम्बोधन गर्न सक्ने प्रा.लिका नेश्नल सेल्स म्यानेजर प्रेमबहादुर चौधरीले जानकारी दिए ।

    हाल सम्म यस क्षेत्रमा बिरगञ्ज र बिराटनगर क्षेत्रबाट सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिट आउने गरेको बताउदै यहाँको उत्पादनले यस क्षेत्रका उपभोक्ताले सुलभ मुल्यमा खरिद गर्न सक्ने चौधरीको भनाई छ ।

    उद्योगको उद्घाटन पश्चात बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले पश्चिम नेपालमै पहिलो उद्योग स्थापना गरेकोमा खुसी व्यक्त गर्दै उद्योग सञ्चालनका लागि आवश्यक पर्ने सहयोग गर्न गाउँपालिका तत्पर रहेको बताए ।

    उनले उद्योग स्थापना पछि यस क्षेत्रका व्यवसायि तथा उपभोक्ताले सुपथ मुल्यमा सिजिआई रुफिङ सिट (कर्कट पाता) र एचस्पान सिट खरिद गर्न सक्ने बताए ।

    सो अबसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा थारु, सियारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामचन्द्र कुर्मी, ४ का वडा अध्यक्ष श्रीराम यादव अहिर, नेपाली काग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधि सन्तराम चौधरी, नेपाली कांग्रेस सियारी गाउँपालिका सभापति गोपाल पाण्डे, रमेश जयसवाल लगाएतले बोल्दै उद्योगले स्थानियलाई रोजगारी दिनुका साथै सियारीको आर्थिक बिकासमा समेत टेवा पुर्‍याएको बताए । पत्रकार राज चौधरीको सञ्चालन तथा ताराप्रसाद जयसवालले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    अध्यक्ष.jpg