२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

परासीमा महालक्ष्मी विकास बैंकको एटीएम सेवा शुभारम्भ

मंगलवार , आश्विन ११, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ११ असोज ।
    महालक्ष्मी विकास बैंक परासी शाखाले एटीएम सेवाको शुभारम्भ गरेको छ । एटीएम सेवाको मंगलबार एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कंडेलले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि एसपी कंडेलले बैंकको एटीएम सेवाबाट ग्राहकहरु लाभान्वित हुने बताए । उनले बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

    kkk.jpg

    कार्यक्रममा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ता, बैंकका धकधई, बेथरी, ठुटीपिपल शाखा प्रबन्धक तथा उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको बैंकका परासी शाखा प्रबन्धक कृष्ण बहादुर गुरुङले बताए ।