images

शुक्रवार, चैत्र १६ गते २०८०

‘पर्यटनको विकासका लागि सबैको एकता जरुरी ’ 

‘पर्यटनको विकासका लागि सबैको एकता जरुरी ’ 

images
images
images
बुधवार, आश्विन १२ २०७९
बुधवार, आश्विन १२ २०७९
  • ‘पर्यटनको विकासका लागि सबैको एकता जरुरी ’ 

    भैरहवा, १२ असोज । 
    दीगो पर्यटन विकासको लागि सबैको सहभागितामा वृहत् योजना बनाउनु जरुरी रहेको एक कार्यक्रममा सहभागीले बताएका छन् । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा बुधबार भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले भने, ‘कुशल कर्म गर्दै अगाडि बढ्नु जरुरी छ । हाम्रो विश्वविद्यालयले पर्यटनको अध्ययन अनुसन्धानमा विशेष चासोका साथ काम अगाडि बढाएको छ । ’ 

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी विकाष कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले लामो समय बस्ने पर्यटक ल्याउनु जरुरी रहेको बताए । उनले लुम्बिनीमा पर्यटकको बसाई लम्बाउन विकास कोषको तर्फबाट पूर्ण रुपमा सहयोग हुने बताए ।
    नाट्टा लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले राम्रो पर्यटक गाईड नहुँदा दिर्घकालीन पर्यटन विकासमा समस्या भोग्नुपरेको बताए । उनले स्थानीय तहले पर्यटनसम्बन्धि कार्यक्रमलाई प्राथमिकता नदिएको कारण पनि समस्या भएको बताए ।
    सो अवसरमा पत्रकार दीपेन्द्र बडुवालले लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको दिर्घकालीन पर्यटन गुरुयोजना बनाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा प्राध्यापक डा. पशुपति न्यौपानेले २० वर्षपछि टुरिज्मको मुख्य हब बनाउने गरी रुपन्देहीमा केही गर्न सकिने बताए । उनले भने, ‘हामी योजना बनाउनु भन्दा पहिले पर्यटनको बारेमा अध्ययन अनुसन्धान गरौं ।’ डा. न्यौपानेले दिर्घकालीन विकासको लागि सबैको सहकार्य र योजनामा सहभागीता जरुरी रहेको बताए । 

    कार्यक्रममा प्राध्यापक डा. डा राम थपलियाले आन्तरिक राजनीतिले पनि पर्यटनलाई समस्याग्रस्त बनाएको बताए । उनले भने, ‘हाम्रो काम हामीले नै गर्नुपर्छ । पर्यटन विकासको लागि सबैको एकता जरुरी रहेको छ । ’

    त्रिभुवन विश्वविद्यालयको पर्यटन विभागद्वारा आयोजना भएको २ दिने कार्यक्रमले लुम्बिनी क्षेत्रको दिर्घकालीन पर्यटन विकासको योजना बनाउने विषयमा धेरै सुझाव प्राप्त भएको कार्यक्रमका सहजकर्ता मनोज कुमार रिजालले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij