images

शुक्रवार, चैत्र १६ गते २०८०

एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख रुपैयाँ प्रदान

एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख रुपैयाँ प्रदान

images
images
images
शुक्रवार, आश्विन १४ २०७९
शुक्रवार, आश्विन १४ २०७९
  • एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख रुपैयाँ प्रदान

    तिलोत्तमा, १४ असोज ।
    एनआईसी एशिया बैंकको रुपन्देहीको सियारी शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका राम नारायण पासीको दुर्घटनापश्चात् मृत्यु भएपछि उनको श्रीमती प्रमी पासीले दुर्घटना बीमावापत १० लाख रुपैयाँ रकम प्राप्त गरेकी छन् । यस बैंकको बचतसँगै बीमा फाइदाको सुविधा अन्तर्गत निज खातावालाको दुर्घटनाबाट मृत्यु भएपछि उनको परिवारलाई बीमावापतको रकम प्रदान गरिएको हो । 

    images
    images
    images

    एक कार्यक्रमकाबीच बैंकका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्कीले रामनारायणकी श्रीमती प्रमीलाई सो रकम बराबरको चेक प्रदान गरेका थिए । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
    यो बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका एक हजार ८६४ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत दुई करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमा वापत एक करोड १० लाख रुपैयाँ र मेडिकल बीमा वापत तीन करोड ४३ लाख रुपैयाँ गरी कुल सात करोड ४३ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

    देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई पाँच वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । 

    साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य तीन व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

    एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । 

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij