images

मंगलवार, चैत्र ६ गते २०८०

भैरहवामा कोशेली घर सञ्चालनमा

भैरहवामा कोशेली घर सञ्चालनमा

images
images
images
शनिवार, आश्विन १५ २०७९
शनिवार, आश्विन १५ २०७९
  • भैरहवामा कोशेली घर सञ्चालनमा

    भैरहवा, १५ असोज ।
    रुपन्देहीको भैरहवामा कोशेली घर सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिकाको ‘उपप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ अन्र्तगत कोशेली घर सञ्चालनमा आएको हो । नगरपालिकाको वडा नम्बर ५ कार्यालयको भवनमा सञ्चालित उक्त कोशेली घरको शुक्रबार नगर उपप्रमुख उमा अधिकारीले उद्घाटन गरिन् ।

    images
    images
    images

    सिद्धार्थनगरमा रहेका विभिन्न महिला समूहहरुले संयुक्त रुपमा उक्त कोशेली घर सञ्चालन गरेका छन् । घरमा स्थानीय उत्पादनहरु आचार, चप्पल, स्याण्डल, पोते, माला, कपडा लगायतका सामग्रीहरु राखिएका छन् । भैरहवामा आएका आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय महिलाहरुद्वारा उत्पादित हस्तकला लगायतका सामग्रीहरु भैरहवाको कोशेलीको रुपमा लैजान सक्ने उपप्रमुख अधिकारीले बताइन् ।

    कोशेली घरले स्थानीय उत्पादनहरुको बजारीकरण, महिलाहरुमा उद्यमशिलताको विकास, आर्थिक चलायमान, नगरको पहिचान लगायतमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।

    ‘नगरपालिकाबाट सीप सिकेर उत्पादन गरेको सामग्रीहरुको बजार नहुँदा हामी चिन्तित थियौँ’ सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगरकी अध्यक्ष शान्ता कंडेलले भनिन्, ‘तर अब बजारीकरणमा नगरपालिकाले सहजीकरण गरेकोमा हामी निकै खुशी छौं ।’ उनले कोशेली घरमा राखिएको साम्रगीहरु आफै उत्पादन गरेको हुँदा अन्य स्थान भन्दा मूल्यमा सस्तो र गुणस्तरीय पनि रहेको बताइन् ।

    309863761_564204495461780_3747203191399280744_n.jpg

    स्थानीय अनुपा पाण्डे, विन्दु न्यौपाने र कमला दर्लामीले स्थानीय उत्पादनले बजार पाउँदा खुसीको अनुभुति भएको बताए । उनीहरुले आगामी दिनमा स्थानीय उत्पादनले अझ बजार पाउने अपेक्षा गरेका छन् । स्थानीय उत्पादनहरुको बजारीकरण सहजताका लागि नगरपालिकाले महिला समूहहरुलाई दुई वटा कोठा उपलब्ध गराएको छ ।

    उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले आफू जनप्रतिनिधि नहुँदा नै यस किसिमको समस्या पहिचान गरेको र हाल जनप्रतिनिधि भएपश्चात समस्याको समाधानतर्फ लागिरहेको बताइन् । उनले महिला समूहहरुद्वारा उत्पादन गरिएको सामग्रीले बजारले नपाएको समस्याबारे जानकारी पाएपछि कार्यक्रम नै बनाएर आफू लागेको बताइन् ।

    ‘अहिले हामी सुरुवाती चरणमा भएकोले दुई वटा कोठामा छौँ’ उनले भनिन्, ‘समूहहरुले सामग्री उत्पादन गर्दै जानुस, पछि २० वटा कोठामा सञ्चालनमा हुने गरी बजारीकरणमा हामी सहयोग गर्छौं ।’ उनले कोशेली घर सञ्चालनमा थप महिलाहरुको सहभागिता भए हाल कोठामा सञ्चालनमा आएको कोशेली घर आफुहरुले खुल्ला स्थानमा पनि सञ्चालन गर्न सकिने बताइन् । उनले नगरमा महिलाहरुलाई उद्यमी बनाउनका लागि ‘उपप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ सञ्चालन गरिएको भन्दै कार्यक्रमलाई सफल बनाउनका लागि सरोकारवालाहरुको पनि साथ र सहयोगको आवश्यकता रहेको बताइन् ।

    309170317_543289217798149_2192518105765333399_n.jpg

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij