
बुधवार , मंसिर २४, २०७७
भैरहवा, २४ मंसिर ।
विगत ३ वर्षदेखि सुरुवात भएको सिद्धार्थनगर नगरपालिका–८ मा अवस्थित कौशी डाउन टाउन (रेष्टुरा) नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले रेष्टुरालाई अहिले पूर्ण स्वामित्वमा लिएर आकर्षक डेकोरेशन (सजावट)सहित नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको कौशी डाउनटाउन प्रा.लि.का अध्यक्ष कुन्दन बज्राचार्यले बताए ।
‘कौशी डाउन टाउनको अर्थ शहरको मुख्य (बीच)मा अवस्थित हुनु र कौशी भनेको घरको माथिल्लो तलामा ढोका वा झ्यालबाट बाहिर निस्केर बस्नका दागि बार्दली जस्तो स्थान हो, जुन पराम्परागत पुराना शैलीका घरमा हुन्छ,’ बज्राचार्यले भने । कौशी डाउनटाउनको हालसम्म कुल लगानी एक करोड ५० लाख पुगेको उनले बताए ।
‘यहाँ एकपटकमा तल र माथि गरी १ सय जना बस्ने सक्ने क्षमता छ, छुट्टै स्मोकिङ्ग जोन (विथ ग्रिनरी) छ, माथिल्लो तलामा बार एण्ड फाइन डाइनिङ्ग रहेको छ,’ उनले भने ।
कौशीबाट टेक अवे, होम डेलिभरीको सुविधाका साथै ग्राहक पुगेको ५ मिनेटमै उपभोग गर्न सक्ने बुद्ध बल (लञ्च सेवा) नयाँ तरिकाले ल्याइएको र यो बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म उपलब्ध हुने कौशी डाउनटाउन प्रा.लि.का प्रबन्ध निर्देशक विश्वास खरेलले बताए ।
‘१३० रुपैयाँमा चिकेन मःम, ९० रुपैयाँमा पिज्जा लगायत इण्डियन फुडहरुका साथै बाहिर ओपन कफी काउटर सुविधा रहेको छ, जुन बिहानै ८ बजेदेखि राती १० बजेसम्म खुल्छ,’ उनले भने ।
ग्राहकहरुका लागि सेल्फी जोन समेत रहेको र नजिकै रहेको सानु डिपार्टमेन्टल स्टोर रहेकोले सामान खरीद गर्न सहज, पर्याप्त पार्कि¨ क्षेत्र समेत रहेको ग्राहकलाई थप सजिलो हुने खरेलले विश्वास व्यक्त गरे ।
कौशी डाउन टाउनमा अहिले १५ जना बढीले रोजगारी पाएको र भविष्यमा पोखरा, लुम्बिनी र बुटवलको यसको शाखा विस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए ।
स्वास्थ्य सतर्कतालाई ध्यान दिदै यही डिसेम्बर २४ देखि जनवरी २ (२०२१)सम्म विशेष रुपमा (वेलकमिङ्ग न्यू इयर २०२१) मनाउने योजनामा रहेको कौशी डाउनटाउन प्रा.लि.ले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij