बुधवार , आश्विन २६, २०७९
तिलोत्तमा, २६ असोज ।
एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था मंगलापुर र सहयोगी बचत तथा ऋण सहकारी संस्था बलेटक्सार गुल्मीबीच एकीकरण सम्बन्धी गुल्मी क्षेत्रको भेला सम्पन्न भएको छ ।
गुल्मीको श्रृङ्गेश्वर धाममा सम्पन्न संयुक्त एकीकरणको उदघाटन रूरूक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीले गरेका थिए । एकीकरण भेला दुवै संस्थाका अध्यक्षहरू तारानाथ कंडेल र कमल प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष जेपी कंडेलले एकीकरणको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस अवसरमा सहकारी प्रमुख दामोदर ज्ञवाली, गुल्मी संयोजक देवी पाण्डे, तोयनारायण ज्ञवाली, वरिष्ठ सल्लाहकार हरि प्रसाद कंडेल, रूरू–४ का वडाअध्यक्ष मोती प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै संस्थाका विषयमा उठेका जिज्ञासाका विषयमा वरिष्ठ व्यवस्थापक मुकुन्द ज्ञवालीले प्रकाश पारेका थिए । कार्यकममा संस्थाका सचिव निरज कंडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij