
बुधवार , मंसिर २४, २०७७
भैरहवा, २४ मंसिर ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएकोे कार्यक्रममा विभिन्न संघ–संस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।
नगरपालिका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख हरि प्रसाद अधिकारीले पछिल्लो समय हिंसा न्युनीकरण हुँदै गएको बताए । उनले नगरपालिकाले आगामी दिनमा पनि चेतनामूलक कार्यक्रम गरिरहने बताए ।
लैंगिक हिंसा र हालको अवस्थाका विषयमा अधिवक्ता इन्दिरा आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको एक्येवद्धता भन्ने नारासहित यस वर्षको अभियान चलाइएको हो । कार्यपत्रमाथि प्राध्यापक सरिता श्रीसले टिप्पणी गरेकी थिइन् ।
नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कौशिल्या चौधरीको सञ्चालनमा भएको कार्यक्रमा कमला थापा, पुनम जयसवाल, सीता काफ्ले, सीता भट्टराई, रेनुका ढकाल लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij