२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

रोहिणी गाउँपालिकाकाभित्र सञ्चालित उद्योग व्यवसाय ३५ दिनभित्र दर्ता गर्नुपर्ने

बुधवार , कार्तिक २, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २ कात्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकामा सञ्चालित उद्योग व्यवसाय ३५ दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गरेर उद्योग व्यवसाय दर्ता गर्न भनेको हो । 

    गाउँपालिका क्षेत्रभित्र विभिन्न उद्योग तथा व्यवसाय गाउँपालिकामा दर्ता नगरी सञ्चालन भएको पाइएकोले यसरी दर्ता नभइ सञ्चालन भएका उद्योग व्यवसाय यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनिवार्य दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    ‘यसरी दर्ता नगरी सञ्चालनमा रहेका उद्योग व्यवसायको कारोबार रोक्का गरी सामान समेत जफत गरी कार्यवाही गरिने व्यहोरा कार्यपालिकाको मिति २०७९/०६/११ को निर्णयानुसार सूचित गरिन्छ, ’सूचनामा भनिएको छ ।

    new rohidi.jpg