२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

बैंकको ब्याजदर घटाउन माग गर्दै भैरहवामा प्रदर्शन

शुक्रवार , कार्तिक ४, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ४ कात्तिक । 
    रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धरासायी हुने गरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन् । 

    रुपन्देहीमा क्रियाशील व्यवसायिक संघ–संस्थाहरूको सञ्जाल रुपन्देहीले शुक्रबार नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै बैंक तथा वित्तीय संस्थाविरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका थिए ।  

    भैरहवाको बुद्ध चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकको नीति खारेज गर, व्यवसायिक एकता जिन्दावाद, बैँकको ज्यादती बन्द गर, निजी क्षेत्र प्रभावित हुने निर्देशिका लाद्न पाइँदैन, एकल बिन्दुमा ब्याजदर कायम गर्नुपर्ने लगायतका नाराबाजी गरेका थिए ।

    संयुक्त संघर्ष समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुँजी विस्तार गरी उद्योग व्यवसायलाई बचाइराख्न प्रयासरत उद्योगी व्यवसायीहरू हालै नेपाल राष्ट्र बैँकद्वारा लागू गरिएको चालू पुँजी कर्जा निर्देशिका २०७९ को प्रभावले आन्दोलित बनेको उल्लेख छ ।

    DSC09927 (1).JPG

    नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल लगायत संस्थाले सरकारको नीति गलत भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।