२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

लायन्स होलिसिटी सिद्धार्थनगरद्वारा खाद्यान्न वितरण

शनिवार , कार्तिक ५, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ५ कात्तिक ।
    लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले खाद्यान्न सामग्री वितरण गरेको छ । तिहार तथा छठपर्वको अवसर पारेर ‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ गजेन्द्र मोक्ष दिव्य धाम, नवलपरासीलाई शुक्रबार खाद्यान्न वितरण गरिएको क्लबका अध्यक्ष मंगल भण्डारीले बताए ।

    क्लबका अध्यक्ष भण्डारीको अध्यक्षता, स्वामी कृष्ण प्रपन्नाचार्यको प्रमख आतिथ्यता, आर्ट अफ लिभिङका प्रशिक्षक काव्य लम्सालको आतिथ्यता, कार्यक्रम संयोजक गौरवलाल श्रेष्ठको स्वागत, माधव शर्माको ध्वजा अभिवादन तथा क्लबका सचिव दीपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    312385593_1866423560373108_1732806324647136883_n.jpg

    कार्यक्रममा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका प्रथम उपाध्यक्ष सुमन शर्मा, द्वितीय उपाध्यक्ष ऋषिराम पाण्डे, सह-सचिव दिनेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।