
बिहिवार , मंसिर २५, २०७७
बुटवल,२५ मंसिर ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा लयाएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगे बजारमा बैंकले बिहीबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको यो ७१ औं शाखा हो ।
शाखा कार्यालयको बुद्धभूमि नगरपालिकाका प्रमुख केशव प्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा नगरप्रमुख श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको र गोरुसिंगेमा नयाँ शाखा स्थापानाले नगरवासीहरु लाभान्वित हुने बताए ।
उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी, गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि, व्यापार, उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर सुविधा, मोबाइल बैकिङ सुविधा रहेकाले लाभ लिन नगरवासीलाई आग्रह गरे ।
यसअघि कपिलवस्तुमा शाइन रेसुङ्गा बैंकको चार नम्बर जितपुर र चन्द्रौटामा पनि शाखा कार्यालय रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij