२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

प्रदेश समृद्धिका योजना एमाले नेतृत्वको सरकारले थालनी गर्‍यो : लिला गिरी 

आइतवार , कार्तिक ६, २०७९

बुटवल, ६ कात्तिक ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ (२) का उम्मेदवार लिला गिरीले विगतमा थालिएका प्रदेश समृद्धिका योजना पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण आयोजनाहरुको बजेट कटौती गरेर वर्तमान सरकारले अलपत्र पारेको बताउँदै उनले ती योजनाहरुको निरन्तरताका लागि एमालेकै नेतृत्व आवश्यक रहेको बताए ।

रुपन्देहीको तिलोत्तमामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पतालको अवधारणा, तिलोत्तमामा मेडिकल कलेजको स्थापना, तिलोत्तमा चक्रपथ, कालिका पथलाई फराकिलो बनाउने काम लगायत दर्जनौं योजनाहरु केही पूरा गर्नका लागि एमाले नै नेतृत्व गर्न जरुरी रहको औल्याए । विगतमा सुरु भएका योजनाहरु समेत वर्तमान गठबन्धन सरकारले राजनीतिक स्वार्थ साँधेर अलपत्र पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै विकास र समृद्धिका लागि अनावश्यक राजनीति गर्नु राम्रो नभएको बताए । 

लुम्बिनी प्रदेशका पूर्व उद्योग तथा पर्यटन मन्त्री समेत रहेका गिरीले आफ्नो पालामा सुरु गरेका जितगढी किल्लाको संरक्षण तथा प्रवद्र्धन, नुवाकोट–बल्ढेङगढी पदयात्रा निर्माण लगायतका योजनाहरुलाई पूरा गर्ने आफ्नो लक्ष्य रहेको बताए । 

नेता गिरीले एमाले नेतृत्वको सरकारले प्रदेशमाका पहाडी ६ जिल्ला जोड्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने प्रदेश राजमार्ग, बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्धन गर्न लुम्बिनी भ्रमण वर्ष २०७६, लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्धपरम्परा मनाउन सुरु, अलपत्र बेलवास बेथरी पर्यटन मार्गलाई तीव्रता, सिद्धबाबाको विकल्प धागो कारखाना चरंगे हुँदै चौकीभन्ज्याड सडक, जीतगढी किल्लाको संरक्षण र प्रवद्र्धन, बुटवल नुवाकोट सडक विस्तार, बुटवलको योगीकुटी नेपालगंज रोड जोड्ने बुटवल कालिकापथ ४ लेन सडक निर्माणलाई विशेष योजनाका साथ अगाडि बढाएको बताए । उनले बुटवल मेडिकल कलेज लगायतका विशेष योजनालाई अहिलेका सरकारले अलपत्र पार्न खोजेकाले मतदाता सचेत हुनुपर्ने बताए । उनले बुटवलको भुर्कीचौक रामनगर जोड्ने श्रवणपथ सडक विस्तार, तिलोत्तमा चक्रपथ निर्माण, राजमार्ग चौराहदेखि प्रस्तावित बुटवल मेडिकल हुँदै शिवनगर तपाहा जोड्ने सडक, पाल्पाको दरवार, रामापिथेकश र रानीमहल, गुल्मीको रुरु, रेसुंगा लगायतमा पूर्वाधार विकास र पर्यटन प्रवद्धन कार्यक्रम, ७ अर्ब लागतको उजीरसिंह रंगशाला निर्माण सुरु, सेमलारमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक कभर्ड हल निर्माण, खेलकुदको विकासमा एक स्थानीय तह एक खेलमैदान कार्यक्रम सुरु, लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालमा स्तरोन्नति र व्यवस्थापन, सबै जिल्ला अस्पताललाई १०० बेडमा स्तरोन्नति, गर्भवती र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स, हरेक जिल्ला अस्पतालमा आइसीयु, एचडीयु र शल्यक्रिया गर्ने क्षमतामा विस्तार, किसानलाई विना धितो निब्यार्जे ऋणको सुरुवात, कृषिको बजारीकरणलाई हरेक जिल्लामा कृषि सहकारी बजार, कृषि उत्पादनमा आधारित अनुदान दिन सुरुवात, स्मार्ट कृषि गाउको सुरुवात, भूमिहीनलाई लीजमा खेतीयोग्य जग्गा, हरेक जिल्लामा कृषि चिस्यान केन्द्र स्थापना लगायतका कार्यक्रम शुरु गरेर प्रदेश सरकारलाई स्थापित बनाउन थालिएको बताए । 

हरेक जिल्लामा बीउको स्रोत केन्द्र स्थापना, साना उद्योगीलाई बिना धितो निब्यार्जे ऋण, महिला, दलित, द्धन्द्धपीडितलाई उद्योग दर्तामा छुट, प्रकोपमा परेकाको संरक्षणमा हरेक पालिकामा एक बहुउद्देश्यीय भवन, गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सुरुवात, द्धन्द्धपीडित, पिछडा मधेशी र मुस्लिम छात्रालाई कक्षा ११ र १२ मा छात्रवृत्ति, सडक मानवमुक्त प्रदेश स्थापनाको सुरुवात लगायतका कार्यक्रमलाई आफूले प्राथमिकताका साथमा उठाएको बताए ।