images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रतिस्पर्धामा हिरो को हुने ?

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रतिस्पर्धामा हिरो को हुने ?

images
images
images
आइतवार, कार्तिक ६ २०७९
आइतवार, कार्तिक ६ २०७९
  • रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रतिस्पर्धामा हिरो को हुने ?

    २०७९ साल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपालको कुल मतदाता १७९८८५७० रहेको छ । लुम्बीनी प्रदेश रहेका १२ जिल्ला मध्ये रुपन्देही जिल्लामा ६४७४८२ मतदाता रहेका छन् । यो जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं ३ को मतदाता संख्या १३९७६४ रहेको छ ।

    images
    images
    images

    २०७९ मा सम्पन्न भएको यो क्षेत्रको स्थानीय निर्वाचनको नतिजालाई प्रमुख आधार मानेर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको परिणामलाई पनि नजर अन्दाज गर्न सकिन्छ । यो निर्वाचन क्षेत्रमा रुपन्देहीका दुई नगरपालिका, एक उप महानगरपालिका, ४ गाउँपालिका भित्रका ३७ वडाका मतदाताहरुले मतदान गर्न पाउने छन् ।

    यसभन्दा अगाडि भएको स्थानीय निर्वाचनमा १२ वटा राजनीतिक दलहरु र स्वतन्त्रले यो क्षेत्रमा पर्ने गाउँ तथा नगरपालिकाका निर्वाचनबाट प्राप्त हुने विभिन्न पदका लागि प्रत्यासीको रुपमा उमेदवार बनेर भाग लिएका थिए। यो क्षेत्रको प्रत्यक्ष निर्वाचन परिणाम अनुसार नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी दल र जनता समाजवादी दल ले मात्र यो क्षेत्रका पालिकाहरुमा कुनै न कुनै पदको खाता खोल्न सफल भएका थिए ।

    अहिलेको यो निर्वाचन क्षेत्रको गठवन्धनमा एकातर्फ नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा समाज वादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी दल छन् भने अर्को तर्फ नेकपा एमाले, राप्रपा र जनता समाजवादी दल गठवन्धनमा रहेका छन् । अथवा दुई गठवन्धन, अन्य सानादल र स्वतन्त्र उम्मेदवारहरु वीच यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

    निर्वाचन क्षेत्र नं ३ का पालिकाका तथा वडाहरुको स्थिति विश्लेषण :

    यो निर्वाचन क्षेत्र भित्र रहेका सातवटा पालिकाहरु (४ गाउँपालिका, २ नगरपालिका र १ एक उप महानगरपालिका) को स्थानीय निर्वाचनको परिणाम हेर्दा एमालेले चारवटा पालिकामा उपप्रमुख र एउटा पालिकामा मात्र प्रमुखको रुपमा निर्वाचीत भएको देखिन्छ । यसै गरी ६ वटा पालिकाको प्रमुख र दुईवटा पालिकाको उपप्रमुखमा नेपाली काङ्ग्रेस निर्वाचीत भएको देखिन्छ । एउटा पालिकाको उप-प्रमुखमा लोकतान्त्रिक समाजवादी दल निर्वाचीत भएको देखिन्छ ।

    यसैगरी ३६ वडा अध्यक्षहरु मध्ये १८ वडाअध्यक्ष ने‍पाली कांग्रेस, ११ वडाअध्यक्ष एमाले, ४ वटा वडा अध्यक्ष राप्रपा, २ वटा जनता समाजवादी दल र एउटा लोकतान्त्रिक समाजवादी दलको भागमा आएको कुरा मत परिमाण र निर्वाचन नतिजाले बताउँछ। यी वडा अध्यक्षहरुले प्राप्त गरेको मत विभाजनलाई वर्तमान गठवन्धनहरुको कसीमा राखेर हेर्ने हो भने एमाले तर्फ ४५६३० र काङ्ग्रेस तर्फ ४४६९१ मत आएको देखिन्छ ।

    पालिकाहरुका प्रमुखहरुलेप्राप्त गरेको मतलाइ नियाल्दा नेपाली काङ्ग्रेसले ६ वटा पालिकाहरुमा ८७१३३ मत प्राप्त गरेको छ भने एमालले ६४७१९ मत प्राप्त गरेको देखिन्छ। यसैगरी सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टिले ११२७६ र लोकतान्त्रीक समाजवादी दलले ४९८८ मत प्राप्त गरेको देखिन्छ । यसरी हेर्दा एमालेको भन्दा काङ्ग्रेसको मत ओझीलो देखिन आउँछ ।

    तर यो प्रतिनिधिसभाको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिका बाहेक ओमसतीया, सियारी, मायादेवी गाउँपालिकाहरु, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाका आसिंक वडाहरुले मात्र यो क्षेत्रको निर्वाचनमा मतदाताको रुपमा भागलिन पाउँछन् ।

    स्थानीयतहको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचन हेर्दा उस्ता उस्तै देखिए पनि सारमा निकै फरक हुन्छ। स्थानीय तह ब्यवस्थापिका र कार्यपालिका उ आफै हो । तर प्रतिनिधिसभा ब्यवस्थापिका मात्र हो। मतदाताहरुले खोजेको परिणाम स्थानीय तहले तुरुन्त दिन सक्ने हैसियत राख्दछ ।

    तर प्रतिनिधि सभामा निर्वाचीत भएका संसदहरुले मतदाताले खोजेको परिणाम देखिने गरी दिन महसुस गराउनका लागि उनीहरुलेनीति नियमबनाउने देखि त्यसको कार्यान्वयन गर्नका लागि स्थानीयतह र प्रदेशसंग मिलेर समन्वयात्मक रुपमा काम गर्नु पर्ने हुन्छ। नागरिकहरुका लागि भैतिक अभौतिक रुपमा प्रत्यक्ष सेवा प्रवाह गर्ने कामको भुमिका स्थानीय तहले गर्ने हुँदा मतदाताहरु मत दिने ट्रेन पनि सोही अनुसार विकास भएको हुन्छ । यो निर्वाचनमा पनि त्यो अवस्था आउन सक्ने हूँदा स्थानीय निर्वाचनमा दलहरुले होल्ड गरेको सवैमत आफ्नै दलमा आउँछ भन्ने कुनै विशिष्ठ आधार छैन ।

    यो क्षेत्रका नेपाली कांग्रेस गठवन्धनका उमेदवार र नेकपा एमाले गठवन्धनमा उठेका उम्मेदवारको ब्यत्तिगत राजनीतिक पृष्ठभुमि विल्कुल फरक रुपका भए पनि नेपालको राजनीतिमा यो विषय घोलन भैसकेको छ ।

    यो निर्वाचनमा उम्मेदवारहरुलाई उनीहरु बस्ने भुगोलको हिसापले हेर्दा नेपाली कांग्रेसका उम्मेदवार तिलोत्तमा वासी र राप्रपाका उम्मेदवार सिद्धार्थनगर वासी हन् । यसैगरी अन्य उम्मेदवारहरुको वासस्थान मिथिला विहारी न।पा ३, सियारी गाउँपालिका वडा नं २ र ७ ,तिलोत्तमा नगरपालिका ६, १४ र ३, बुटवल नगरपालिका १४ र १७, शुद्धोधन गाउँपालिका ३ र सि। न।पा १,३,४,६,७,८ र ९ मा रहेको निजहरुको ठेगानाबाट देखिन्छ ।

    यसैगरी यी उम्मेदवारहरुको उमेर तर्फ दृष्टि दिने हो भने ६० वर्ष देखि ७१ वर्ष सम्मका तीन जना,२६ वर्ष देखि ५३ वर्षसम्मका १९ जना रहेका छन् । यी उमेर समहुमा ४ महिला र १८ पुरुष रहेका छन्। धेरै उम्मेदवारहरु सिद्धार्थनगर नगरपालिकाबाटै उठेको देखिन्छ।

    दलगत आँखाबाट हेर्ने हो भने ११ वटा दलहरु नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीराष्ट्रिय जनमुक्ति पार्टि, जनमत पार्टी , नेपाल मजदुर किसान पार्टी राप्रपा नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय स्वतन्त्र पार्टी , हाम्रो नेपाल पार्टी, गान्धीवादी पार्टी र नागरिक उन्मुक्ति पार्टि बाट यो निर्वाचनमा उम्मेदवारी दर्ता गरिएको थियो ।यसका अतिरिक्त ११ जना स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी दर्ता गरेका थिए।

    यसैगरी समावेसी चश्मा लगाएर उम्मेदवारहेरियो भनेबाहुन क्षेत्री ११, मुसलवान ३, जनजाती ३, आदिवासी १,दलित १,सिमान्तकृत २ जना, देख्न सकिन्छ।

    यी उम्मेदवारहरु मध्ये नेपाली काङ्ग्रेस गठवन्धनका उम्मेदवार रनेकपा एमाले गठवन्धन भित्र रहेका राप्रपाका उम्मेदवारदुवै केन्द्रिय राजनीतिमा रहेकाले काठमाण्डौमा नै बस्छन् भन्दा फरक पर्दैन। ।

    राज्य शक्तिको हिसावले एकजना वर्तमानका शक्तिशाली गृह्य मंन्त्री हुन् भने अर्कौ धेरै काल खण्डहरुमा पटक पटक संसद र मन्त्री भई सकेका ब्यक्ति हन् । अन्य उम्मेदवारहरुमा एकजना वकील यदाकता सामाजिक अभियन्ताको रुपमा पनि देखिने गरेका ब्यक्ति हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । धेरै वर्ष अगाडि देखि निर्वाचनको बेला निरन्तर देखिने राष्ट्रिय जनमुक्ति पार्टीले पनि आफ्नो उम्मेदवार चुनावी मैदानमा खडा गरेको छ । यसैगरी नेपाल मज्किदुर किसान पार्टी लगायतका दलहरु पनि यो निर्वाचनमा उम्मेदवारको रुपमा देखिएका छन् ।

    यो निर्वाचन क्षेत्रको समानुपातिक विकासको अवधारणा सहितको कार्यक्रम र योजनामा को कस्तो योगदानको खाका लिएर आउँछन् भन्ने प्रतिक्षामा मतदाताहरु बसी रहेका छन् । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रको रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, विपत ,सीमा नाका र ब्यपार, उद्योग,पर्यटन यहाँको अन्तरराष्ट्रिय विमानस्थलको भरपुर उपयोग र आर्थिक योगदान, मनोरञ्जन र मधेश पहाडको सम्वन्ध जस्ता विषयहरु बारेमा उनीहरु को ताजा बुझाई र योजना मापन गर्न पनि मतदाताहरु आतुर छन् । यसैगरी सुशानको नारा फलाकेर नथाक्ने उम्मेदवारहरुले आफ्नो सम्पत्ति, ब्यवसाय आम्दानी श्रोतको सार्वजनिक, भ्रष्टाचार नियन्त्रण सम्वन्धि दृष्टिकोण, सरकारले गर्नपर्ने कामको प्रतिवद्धता र मतदातासंग कायम गरिने दिगो सम्वन्ध बारेमा आफ्नो जाहेर गरेको प्रतिवद्धता सुन्न र हेर्न चाहन्छन् ।

    यी माथि गरिएका विश्लेषणको आधारमा प्रतिनिधिसभाको यो क्षेत्र नं ३ को चुनावमा कुनै उम्मेदवार वा दलले चमत्कारीक रुपमा प्रस्तुत भएन भने यसपटक पनि नेपाली कांग्रेसको गठवन्धन र नेकपा एमालेको गठवन्धन वीच पेचीलो प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । वडा तहको राजनीतिक दलहरुको होल्डिङ मतलाइ हेर्दा यो क्षेत्रमा नेकपा एमालको गठवन्धनमा रहेको राप्रपा अगाडि देखिन्छ भने पालिकाका प्रमुखहरुले पाएको मत परिमाण हेर्दा सत्तारुढ दल भित्रको गठवन्धनमा पर्ने नेपाली कांग्रेस नै अगाडि देखिन्छ ।

    अहिले थप भएका नयाँ मतदाताहरु, स्वतन्त्र उम्मेदवारहरु र साना दलहरुले के कति मतमा प्रभाव जमाउँछन्। दल र गठवन्धनहरुले मतदाता प्रभाव पार्न के कस्ता जुक्तिहरु अजमाउछन् यसैमा यो क्षेत्रको निर्वाचनमा उम्मेदवारको जीत र हारको फैसला हुनेछ । अहिल्यै कसैको जीतलाई नजिक र टाडा भन्ने वेला नभएको कुरा स्वतन्त्र पर्यवेक्षकहरुको मत छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij