images

शुक्रवार, बैशाख १४ गते २०८१

युवा व्यवसायी रहिशले गरे सडकमा झिलिमिली र साँस्कृतिक उत्सव

युवा व्यवसायी रहिशले गरे सडकमा झिलिमिली र साँस्कृतिक उत्सव

images
images
images
सोमवार, कार्तिक ७ २०७९
सोमवार, कार्तिक ७ २०७९
  • युवा व्यवसायी रहिशले गरे सडकमा झिलिमिली र साँस्कृतिक उत्सव

    भैरहवा, ७ कात्तिक ।
    भैरहवाका स्थानीय युवा व्यवसायी रहिश खानले भैरहवामा साँस्कृतिक कार्यक्रम गरी नगरवासीलाई नचाएका छन् । हिन्दुहरूको महान् पर्व तिहारको अवसरमा भैरहवामा रौनकता ल्याउन, स्थानीयलाई मनोरञ्जन दिनका लागि सडकमा एक्लै लगानीमा झिलिमिली गराई साँस्कृतिक कार्यक्रम गरेका हुन् ।

    images

    विगतमा विभिन्न संघ–संस्थाले आयोजना गर्दै आएको तिहार महोत्सव कार्यक्रम यस वर्ष नहुने देखिएपछि आफ्नै व्यापारिक प्रतिष्ठान युनिक साउण्डमार्फत नगरस्तरीय साँस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् । राष्ट्रिय कलाकार हेमन्त शर्मा, अफसर अलि तथा प्रतीक्षा बैण्डले साँस्कृतिक  कार्यक्रममा मनोरञ्जन दिएका हुन् । उनले तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि करिब ५ लाखको लगानीमा आफैँ सांस्कृतिक कार्यक्रम र सडकमा झिलिमिली लगाएका हुन् ।

    स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरूको र सम्पूर्ण भैरहवाको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको युनिक साउण्डका सञ्चालक खानले बताए ।

    विगत १५ वर्षदेखि भैरहवामा नै केन्द्रित भई साउण्ड र म्यूजिकको व्यवसाय गर्दै आएका उनले यसअघि पनि तीज महोत्सव, नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम गर्दै आएका छन् । अहिले सातौँ पटक साँस्कृतिक कार्यक्रम एकल लगानीमा गरेको उनले बताए । 

    केही भए पनि स्थानीयले मनोरञ्जन पाउँछन् र स्थानीय व्यापार भई आर्थिक चलायमान हुन्छ भन्ने आसले साँझ ६ बजेबाट राति १० बजेसम्म कार्यक्रम गरिने उनले बताए । उनले भने, ‘उद्योग व्यापार संगठन रुपन्देहीले स्थानीय प्रशासनसँग समन्वय गरेर १० बजेसम्म समय पाएका छौं सोही अवधिमा सडकमा कार्यक्रम गर्न लागेको हो ।
    स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा बिना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझैँ भव्यताका साथ गर्नुपर्ने हुन्छ । ’

    स्थानीय कलाकारमा लुकेका प्रतिभाको प्रदर्शनका लागि स्टेजमा स्थानीय कलाकार प्रदर्शनमा जोड दिइएको र उनीहरूको विशेष प्रस्तुति रहने सञ्चालक खानले जानकारी दिए । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij