images
images

बिहिवार, जेठ ३ गते २०८१

‘सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ कात्तिक १७ देखि

‘सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ कात्तिक १७ देखि

images
images
images
आइतवार, कार्तिक १३ २०७९
आइतवार, कार्तिक १३ २०७९
  • ‘सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ कात्तिक १७ देखि
    फाइल तस्विर

    भैरहवा, १३ कात्तिक ।
    लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा भैरहवामा प्रथम सिद्धार्थनगर साँस्कृतिक मेला-२०७९ हुने भएको छ । मेला यही कात्तिक १७ देखि २७ गतेसम्म सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा हुने क्लबले शनिबार भैरहवामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले मेला बिहान ११ देखि राति ८ बजेसम्म सञ्चालन हुने बताए । उनले मेलामा प्रवेश शुल्क वापत रु. ७० तथा विद्यार्थी र बालबालिकाका लागि रु.५० तोकिएको जानकारी दिए । उनले भने, ‘मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहनेछ, त्यस्तै डान्स आइडल प्रतियोगिता समेत आयोजना हुनेछ, डान्स आइडलमा प्रथम पुरस्कार रु. ३० हजार ५ सय ५५, द्वितीय पुरस्कार रु. १५ हजार ५ सय ५५, तृतीय पुरस्कार रु. १० हजार ५ सय ५५ र सान्त्वना पुरस्कार रु. ५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।’ मेलामा आउने दर्शकलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ख्याती प्राप्त भोजपुरी कलाकारको समेत प्रस्तुती रहने उपाध्यायले जानकारी दिए । 

    मेलामा स्थानीय कलाकारसँगै ज्योती मगर, प्रिति आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिति पासवान, बबिता धिताल लगायतको प्रस्तुति रहने उपाध्यायले जानकारी दिए । त्यस्तै भारतबाट कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराज लगायत पनि मेलामा आउने उनले बताए ।

    मेलामा व्यवसायिक, कृषि, होटल रेष्टुरेण्ट, बाल उद्यान लगायत गरी ५० वटा बढी स्टल रहने उनको भनाइ छ । मेलामा ५० हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको उपाध्यायले बताए । मेलाको अन्तिम २ दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उनले बताए ।

    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा लिगेसीले सामाजिक गर्ने उद्देश्यले मेलाको आयोजना गरेको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए । मेला आयोजनापश्चात बचेको रकमबाट अपांगता भएका व्यक्ति तथा असहायलाई सहयोग गरिने शुक्लाले जानकारी दिए । मेला आयोजना गर्न अनुमानित रु. २५ लाख खर्च लाग्ने उनले बताए । मेलाको सह–आयोजक सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय र सहयोगी जे.एम.डी. ग्रुप बुटवल रहेको उनले जानकारी दिए ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का कोषाध्यक्ष विनोद खरेलले केही समय अघि स्थापना भएको लायन्स भैरहवा लिगेसीले सराहनीय कार्य गर्न लागेको बताए । उनले भने, ‘क्लबले राम्रो भावनाले काम गरेकाले क्लबले आयोजना गरेका कार्यक्रमहरुमा सबैको साथ र सहयोग आवश्यक छ ।’

    एरिया चिफ संगम न्यौपानेले लायन्स क्लब अफ भैरहवा लिगेसीले नाफा कमाउने उद्देश्य नभइ सामाजिक कार्य गर्ने उद्देश्यले साँस्कृतिक मेलाको आयोजना गरेको बताए ।

    लायन्स भैरहवा लिगेसीका मानार्थ सदस्य उमाशंकर पाठकको स्वागत तथा संस्थापक सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij