२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

काठमाण्डौमा हुने चार्टर्ड बिमानमा प्रतिबन्ध, भैरहवाले पाउने भयो बिजनेश 

सोमवार , कार्तिक १४, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा । सरकारले त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडानलाई भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको छ । 
    नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउन गाह«ो परेपछि काठमाण्डौैमा हुने चार्टर्ड उडानलाई प्रतिबन्ध लगाउदै भैरहवाबाट गर्न दिने निर्णय गरेको छ । सरकारको यो निर्णउय पछि त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ ।

    सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

    त्रिभुवन विमानस्थलको ट्याक्सी–वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दावी छ । यसअघि प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको थियो ।

    प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले आइतबारदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

    दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नुपर्ने नियम बनाइएको छ । विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ ।

    यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।