२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतवार , कार्तिक २०, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २० कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको जनाएको छ । 

    यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

    त्यस्तै, आइतबार चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आइतबार एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ । न्युज कारखाना