
आइतवार , मंसिर २८, २०७७
भैरहवा, २८ मंसिर ।
युनिलिभर कम्पनीका उत्पादनहरुको आधिकारिक विक्रेता सेन्ट्रल लुम्बिनी ट्रेड लिंक प्रा.लि.ले पहिलो वार्षिकउत्सव मनाएको छ । नवलपरासी, बाँके र बर्दियाको लागि युनिलिभर उत्पादनको आधिकारिक विक्रेता रहेको सेन्ट्रल लुम्बिनीले विक्रीमा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कृत समेत गरेको छ ।
भैरहवामा मुख्य कार्यालय रहेको सेन्ट्रल लुम्बिनी ट्रेड लिंकले यस वर्ष लक्ष्य भन्दा बढी विक्री गरेको खुशीयाली आफ्नो कर्मचारीसंग मिलेर मनाएको सञ्चालक डा. बद्री कुमार गुप्ताले बताए । स्थापना भएको १ वर्षमै राम्रो भएपछि सेन्ट्रल लुम्बिनी ट्रेड लिंकको शाखा नेपालभरी नै विस्तार गर्ने योजना रहेको डा. गुप्ताले बताए ।
भारतको हिन्दुस्थान लिभरको ब्राण्डहरु नेपालको हेटौंडामा युनिलिभर भनेर उत्पादन हुने गरेका छन । सुरुमा नवलपरासीको परासीबाट स्थापना भएको सेन्ट्रल लुम्बिनी ट्रेड लिंक शाखा विस्तार गर्दै ३ जिल्लामा पुगेको छ । युनिलिभरबाट बिक्री सुरु गरी प्रा.लि.ले अहिले भारतीय कम्पनी हल्दिराम, सेन्ट्रोफ्रेश, टाइगर बियर लगायत उप्लब्ध गराउँदै आएको छ । प्रा.लि.मा ८० जनाले प्रत्यक्ष रोजगार पाएको अर्का सञ्चालक विष्णु शर्माले जानकारी दिए ।
शनिबार भैरहवामा सम्पन्न भएको प्रथम वार्षिकउत्सवमा प्रा.लि.ले उत्कृष्ट शाखाको रुपमा कोहलपुर शाखालाइ पुरस्कृत गरेको छ । त्यस्तै उत्कृष्ट विक्रेताको रुपमा फुलमाया थापा, विपिन कुमार मगर र निरज चौधरीलाई पुरस्कृत गरिएको आयोजकले बताए । कार्यक्रममा युनिलिभर कम्पनिका नेपाल व्यवस्थापक जलस राणा, प्रख्यात मृगौला रोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डे, संचालकहरु सुमन गुप्ता, विनोद गुप्ता, किरन गुप्ता लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij