
आइतवार , कार्तिक २०, २०७९
भैरहवा, २० कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले गठबन्धन महंगी नियन्त्रण गर्न सरकारलाइ कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । उनले निर्वाचनका बेला सत्तारुढ गठबन्धनका उम्मेदवारले निर्वाचन जितेपछि महंगी नियन्त्रण गर्छु, बैंक ब्याजदर नियन्त्रण गर्छु भन्दै आश्वासन दिनु गलत भएको बताए ।
नेकपा एमाले, राप्रपा र जसपा नेपालले आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता उदयले बैंक ब्याजदर कम गर्न र महंगी नियन्त्रण गर्न गठबन्धन सरकारलाई कसले रोक्यो भन्दै प्रश्न गरे । उनले गठबन्धन सरकारले भ्रम फैलाउँदै गएकाले सचेत हुनुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसले सधै सत्ता गठबन्धन केन्द्रीत राजनीति गर्छ, पाँच वर्षको लागि प्रतिपक्षमा बस्नुपर्ने कांग्रेस सरकारमा गयो, मुलुकमा गठबन्धन सरकार आएपछि राष्ट्रघातको श्रृंखला सुरु भयो ।’
उनले एमाले, राप्रपा र जसपाको तालमेल विकास निर्माण र मुलुकको राष्ट्रियतासँग सम्बन्धित रहेको दावी गरे । उनले राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा विकासका पूर्वाधार तयार गर्ने नेता रुपमा चिनिएको दावी गरे । समानपातिक तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका नेता उदयले २०७४ सालमा बोहरालाई विकासप्रेमी नेता भन्ने कांग्रेसले अहिले विकासको बाधक भनेर भ्रम फैलाएको आरोप लगाए । उनले बोहरा पदमा नरहँदा पनि उहाँको पहलमा विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij